×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

‘गभर्नर अधिकारीले राजिनामा दिनुपर्छ’ : देउवा

BIZBAZAR

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री देउवाले गभर्नरले राजीनामा दिनुपर्ने बताएका हुन् ।

शुक्रबार बसेको गठबन्धनको बैठकमा उक्त विषयको कुरा उठेको थियो । त्यसक्रममा प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीले राजीनामा दिनुपर्ने बताएका हुन् ।

‘नेताहरुले कुरा उठाउनु भएको थियो । प्रधानमन्त्रीले नैतिक रुपमा पनि राजीनामा दिनुपर्छ । राजीनामा दिनु बाहेक के विकल्प हुन्छ र ? भन्नु भएको छ ।’ बैठकमा सहभागी नेताले भने । नेकपा एमालेले ‘एम अधिकारी’, खोटाङको नाममा अर्थ तथा योजना विभागको सदस्यमा राखेपछि गभर्नर अधिकारी विवादमा परेका छन् ।

यता भने एमालेले बिराटनगरका सिए मनोज अधिकारीलाई ‘एम अधिकारी’ हुन् भन्ने दाबी गरेको छ । तर गभर्नर अधिकारी नै एम अधिकारी हुन् भन्दै चौतर्फी विरोध भएपछि कुनै अमुक पात्रलाई ‘एम अधिकारी’ बनाउने एमालेको प्रयास असफल हुने देखिएको छ ।

Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal