×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सबीच मर्जरमा जाने सहमति

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सबीच मर्जरमा जाने सहमति भएको छ । सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विरेन्द्र बैदवारका अनुसार सोमबार साँझ दुई कम्पनीबीच मर्जरमा जाने प्ररम्भिक सहमतिपत्रमा हस्ताक्षर भएको हो ।  मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा सिद्धार्थ इन्स्योरेनसका तर्फबाट रतनलाल केडिया र प्रिमीयर इन्स्योरेन्सका अध्यक्ष सुरेशलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

हाल सिद्धार्थको चुक्तापूँजी एक अर्ब २८ करोड ८० लाख रुपैयाँ र प्रिमियरको एक अर्ब २२ करोड ७६ लाख रुपैयाँ छ । सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) सम्पत्ती र दायित्वको विस्तृत मुल्यांकन (डीडीए) पछि तयार हुने भएको छ । बिमा समितिले यहि वैशाखमा निर्जीवन बिमा कम्पनीको चुक्ता पूँजी १ अर्बबाट बढाएर साढे २ अर्ब र निजन बिमा कम्पनीका चुक्ता पूँजी २ अर्बबाट बढाएर ५ अर्ब पुर्‍याउने निर्णय गरेको थियो ।

उक्त पूँजी वृद्धिको लागि २०८० चैत मसान्तसम्मको समय दिएको छ । समितिको उक्त निर्देशनले पूँजी वृद्धिमा दवाब परेका बिमा कम्पनीहरुले धमाधम मर्जर सम्झौता गरिरहेका छन् । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले यसअघि नै मर्जर सम्झौता गरेर बिमा समितिबाट स्वीकृति पनि पाइसकेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: