×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

घरमै बसी-बसी ब्लुबुक नविकरण गराईदिने भन्दै इजी सेवाको ठगी, ४० लाख बढी पैसा र सयौँ ब्लुबुक लिएर फरार !

काठमाडौँ । व्यस्त दैनिकीलाई पछिल्लो समय अनलाइनमा पाइने धेरै सेवाले सहज बनाइदिएको छ । त्यसमाथि यातायात व्यवस्था कार्यालय जान नाभयाउनेहरुका लागि त घरमै ‘ब्लुबुक’ लिन आउने, त्यसलाई नवीकरण गरिदिने र घरमै पुर्याईदिनेगरी सेवा दिनेहरु पनि बजारमा छ्यापछ्याप्ती छन्। तर यस्ता सेवा दिने कम्पनीहरु खासै विश्वसनीय छैनन् भन्ने पछिल्लो उदाहरण भेटिएको छ । यस्तै सेवा दिँदै आएको इजी सेवा नामक कम्पनी ग्राहकको सयौँको संख्यामा ब्लु बुक, र ४० लाख बढी रकम असुल गरेर भागेपछि अहिले थुप्रै सेवाग्राही पीडामा छन् । आफ्नो ब्लुबुक, नविकरण गर्दा लाग्ने शुल्क र सो कम्पनीको शुल्क गरी मोटो रकम फसेपछि र ब्लुकसमेत हराएपछि अहिले उनीहरु न्यायको खोजीमा छन् ।

४० लाख रुपैयाँ भन्दा बढी असुलेर भाग्यो कम्पनी

पीडीत निरोज दंगालले अर्थ सरोकारलाई दिएको जानकारी अनुसार सो कम्पनी अहिले १०० बढी व्यक्तिको लाखौँ रुपैयाँ लिएर  फरार भएको छ । ‘समय छैन भनेर कम्पनीलाई ब्लुबुक पनि बुझाईयो, पैसा पनि बुझाइयो । अहिले न पैसा छ, न साथमा ब्लुकबुक छ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने- ‘हामी ५० जनाजति पीडीत एकिकृत भएका छौं । प्रहरीमा उजुरी पनि दिएका छौँ । तर सो कम्पनी भागिसकेको छ ।

अर्का एक पीडीत सुजन पुडाशैनी पनि कम्पनी नै भागेको दाबी गर्छन् । ‘केहि साथीहरु कम्पनी देखेका छौं भनेर जानुभएको रहेछ । तर सो कम्पनी त्यहाँबाट फरार भईसकेको रहेछ । टेबल कुर्सी सबै लिएर, सटर बन्द गरेर कम्पनी भागेको थाहा पाएपछि हामीले प्रहरीको सहयोगसमेत मागेका छौँ।  ब्लुबुक र पैसा हराउँदा धेरै साथीहरु पीडीत बन्नुभएको छ ।’ उनका अनुसार यस्ता पीडीतको संख्या ठुलो छ ।
उठ्दैन कम्पनीको फोन 
कम्पनीले दिएको भिजिटिङ कार्डमा भएका कुनै पनि फोन अहिले उठ्दैन । पीडीतहरुले तारन्तार फोन गर्दा पनि कसैको पनि फोन उठेको छैन । ‘केहि दिन अघि त आज हुन्छ, भोलि हुन्छ भन्ने कुरा आइरहेको थियो, अहिले त फोन नै उठ्दैन । धेरै साथीहरुको पैसा फसेको छ ।’ एक अर्का पीडीतले अर्थ सरोकारसँग  भने- ‘प्रहरीले फोन गर्दा पनि फोन उठेन । यसको अर्थ सो कम्पनी भाग्यो भन्ने बुझ्न गाह्रो छैन । अहिले धेरै ग्राहकहरुलाई आफ्नो ब्लु बुक र आफुले दिएको पैसा फिर्ता नहोला कि भन्ने चिन्ता छ । ‘हामीले पनि कानुनी रुपमा त्यो कम्पनी दर्ता छ कि छैन भन्ने ख्याल गरेनौँ । तर समय नहुँदा यस्ता कम्पनीले दिएको सेवा राम्रै हुन्छ भनेर सेवा लिईयो । अहिले आफ्नो पैसा पनि गयो, ब्लुबुक पनि गयो, तनावमा छौँ । हामीले पनि सो नम्बरहरुमा फोन गर्दा कसैको पनि फोन उठेन।
यातायात व्यवस्था कार्यालय भन्छ- ‘हाम्रो सरोकारको विषय होइन’ प्रहरी भन्छ- ‘मान्छे खोज्दैछौँ’
यता यस विषयमा यातायात व्यवस्था विभाग भने यस्तो केस आफ्नो सरोकारको विषय नभएको दाबी गर्छ । ‘हामीले हेर्ने भनेको त कानुनी पक्ष हो  । हामीले अनलाइनमार्फत नै ब्लु बुक नवीकरणको व्यवस्था पनि गरेका छौँ । हाम्रो कुनै पनि सेवामा दलालको प्रयोग नगर्नु भनेकै छौं ।’ विभागका एक अधिकारीले अर्थ सरोकारसँग भने -‘दर्ता नै नभएको कम्पनीलाई पैसा बुझाउनु नै गलत भयो । यसमा हामीले केहि गर्न सक्दैनौँ ।
यता प्रहरी भने आफूकहाँ उजुरी आएकाले मान्छे खोजिदिने बताउँछ । ‘पीडीतहरु हामीकहाँ आइपुग्नुभएको छ । हामी पनि अनुसन्धान गर्दैछौँ । कानुनी कठघराबाट कोहि पनि उम्किन सक्दैन । हामी दोषीलाई कारवाही गरेरै छोड्छौँ ।’ एक प्रहरी अधिकारीले अर्थ सरोकारसँग भने- ‘यस्ता ठगीबाट जोगिनुचाहिँ पर्छ। ‘
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: