काठमाडौं । मंगलबार नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ११.६८ अंकले बढेर १९२७.२८ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २२६ कम्पनीको ४९ लाख ६७ हजार ५ सय ६१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ७० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार अरुण काबेली पावरको भएको छ । यस कम्पनीको ७ करोड ९५ लाख ८० हजार ६ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यस्तै मंगलबारको सेयर बजारमा नयाँ सारथी लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा बढीले घटेको हो । नयाँ सारथीको सेयरमा यस्तो गिरावट आउँदा आरबिबि म्युचुअल फण्ड-१, नबिल इक्वीटि फण्ड, प्रभु लाईफ इन्स्योरेन्स र मानुसी लघुवित्तमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः
यसैबीच मंगलबारको बजारमा सबैभन्दा बढी कारोबार अरुण काबेली पावरको भएको छ । यस कम्पनीको ७ करोड ९५ लाख ८० हजार ६ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा गोर्खाज फाइनान्स, शिभम् सिमेन्टस्, युनाइटेड इदिमर्दी आरबि हाईड्रोपावर, हिमालयन डिष्टिलरी, लाइफ इन्स्योरेन्स कर्पोरेशन र अप्पर तामाकोशी हाईड्रोपावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी मंगलबारको सेयर बजारमा सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी, युनाइटेड इन्स्योरेन्स, सनराइज फस्र्ट म्युचल फण्ड, अरुण काबेली पावर र बलेफि हाईड्रोपावरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्