काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार पनि नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १६.२७ अंकले बढेर २०४५.६९ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २१३ कम्पनीको ४४ लाख ३५ हजार ५ सय ७१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ७६ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको १५ करोड ९७ लाख ७१ हजार ३ सय ३७ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यस्तै मंगलबारको सेयर बजारमा सिभिल बैंक डिबेन्चर २०८८ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा धेरैले घटेको हो । सिभिल बैंक डिबेन्चरमा यस्तो गिरावट आउँदा १०.२५ प्रतिशत ग्लोबल आइएमई बैंक २०८०/८१, १०.२५ प्रतिशत सनराइज बैंक डिबेन्चर २०८३, आरबिबि म्युचल फण्ड –१, तारागन रेजेन्सी होटल र नबिल डबेन्चर २०८५ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको बजारमा पनि सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको १५ करोड ९७ लाख ७१ हजार ३ सय ३७ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा एभरेष्ट बैंक, हिमालयन डिस्टिलरी। एनआइ सी एशिया बैंक, हरुण काबेली पावर, अपी पावर कम्पनी, गोर्खाज फाइनान्स, आइसिएफसि फाइनान्स, नेपाल टेलिकम र अपर तामाकोशी हाईड्रोपावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी मंगलबारको सेयर बजारमा इमर्जिङ्ग नेपालका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ८ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा गणपति लघुवित्त, ग्रिन भेन्चर लिमिटेड, आइसिएफसि फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, रुरु जलविद्युत परियोजना र पोखरा फाइनान्सका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्