×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अपर हेवाखोला हाइड्रोपावरको १५ लाख कित्ता आईपिओ बाँडफाँड, २ हजार ८११ जना आवेदकको हात खाली !

PRIME CA
GLOBAL IME BANK

अपर हेवाखोला हाइड्रोपावरको १५ लाख कित्ता आईपिओ बाँडफाँड, २ हजार ८११ जना आवेदकको हात खाली !

३२ असार २०७९, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको आईपिओ बाँडफाँड भएको छ । कम्पनीको १५ लाख कित्ता आईपिओ बाँडफाँड भएको हो । कम्पनीको बिक्रि प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान सेयर बाँडफाँड गरेको हो । कम्पनीले असार २४ गतेदेखि असार २९ गतेसम्म निष्कासन गरेको थियो । कम्पनीको उक्त आईपिओमा १४ लाख ५५ हजार ३८४ जनाले १ करोड ६० लाख ६० हजार ६१० कित्ताको लागि आबेदन दिएको हो ।

क्यापिटलकाअनुसार कुल आवेदकमध्ये २ हजार ८११ जनाको ३४ हजार ६७० कित्ता बराबरको आवेदन रद्द भएको छ । अपर हेवाखोला हाइड्रोपावरको आइपीओ १४ लाख ५२ हजार ५७३ जनामा गोलाप्रथाबाट बाँडफाँड भएको हो । जसअनुसार १ लाख ३९ हजार ५०० जनामा प्रति आवेदक १० कित्ताका दरले १३ लाख ९५ हजार कित्ता बाँडफाँड भएको छ।

कम्पनीले सर्वसाधारणको लागि १५ लाख कित्ता सेयर निष्कासन गरेको हो । जसमध्ये ३० हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ७५ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो भने बाँकि १३ लाख ९५ हजार कित्ता सेयरको लागि सर्वसाधारणका लागि छुट्याईएको थियो ।

कम्पनीले यस अघि जेठ १० देखि जेठ २४ गतेसम्म संखुवासभा जिल्लाका आयोजना प्रभावित स्थानीयहरुको लागि ५ लाख कित्ता सेयर निष्कासन गरेको थियो । कम्पनीको उक्त आईपिओ नतिजा बिक्रि प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइट https://www.nmbcl.com.np/, सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट र अपर सोलु हाइड्रो कम्पनीको वेबसाइट https://ushec.com.np/ बाट हेर्न सकिने भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: