×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

काठमाडौँ मोडल कलेजमा एक दिने सेयर तालिम सम्पन्न, विद्यार्थी भन्छन्- ‘कमाउने आईडिया पाइयो…’ (फोटो फिचर)

काठमाडौँ । काठमाडौँस्थित काठमाडौँ मोडल कलेजमा एक दिने सेयर तालिम सम्पन्न भएको छ । सुबास चन्द्र भट्टराईले दिएको सो तालिममा सो कलेजमा करिब १०० विद्यार्थी सहभागी थिए । सम्प्रदा इन्भेष्टमेन्ट एण्ड ट्रेड म्यानेजमेन्ट प्रालि, र अर्थ सरोकारको सहयोगमा आयोजित सो कार्यक्रमलाई केएमसी इन्टरप्रिनरशिप सेन्टरले आयोजना गरेको थियो । सो तालिममा सुबास चन्द्र भट्टराईले सेयर बजारमा प्रवेश गर्ने तरिका, सेयर बजारका आरोह, अवरोह लगायतका तथ्यमाथि विश्लेषणसहितको प्रस्तुती दिएका थिए ।
कार्यक्रमपछि सहभागीहरुले तालिम निकै महत्वपूर्ण भएको र आफुले सेयर बजारबाट कमाउने आईडियासमेत पाएको दाबी गरेका छन् । विद्यार्थीहरुले सेयर बजारबारे विस्तृतमा जानकारी पाएको र यसका भित्री कुराहरु पनि थाहा भएकाले अव सेयर बजारमा प्रवेश गर्न र बजारबाट कमाउन सहज हुने विश्वाससमेत व्यक्त गरेका छन् । तालिमकर्ता भट्टराईले सेयर बजारका भित्री पाटोका बारेमा समेत बताएकाले लगानीकर्ता निकै चनाखो हुनुपर्नेतर्फ पनि आफुहरु सचेत भएको विद्यार्थीहरुको भनाई थियो ।
कार्यक्रमपछि केहि विद्यार्थीहरुले आफु सेयर बजारमा सुरुवातीदेखि नै रहेको बताउँदै सो तालिम बजारका भित्री पाटाहरु बुझ्न थप सहयोगी भएकोसमेत बताएका छन् । सो कार्यक्रममा कलेजका अध्यक्ष लगायतका अतिथिहरुले पनि आफ्नो भनाई राखेका थिए । बाँकी फोटो फिचरमा हेर्नुहोस् :

       

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: