काठमाडौं । बेसाहारा मानवको साहारा बनेको आफ्नो घर आश्रमको नेपालमा औपचारिक उद्घाटन गरिएको छ । शनिबार भक्तपुरको सूर्यविनायक नागरपालिका ८ मा एक कार्यक्रमको आयोजना गर्दै स्वामी सदानन्द जि महाराजले आश्रमको औपचारीक रुपमा उद्घाटन गरेका हुन् ।
‘अपना घर आश्राम भारत’ हालसम्म विभिन्न राज्यमा गरी ५१ ठाउँमा स्थापना भएको आश्रमका संस्थापक डा. बि.एम. भारद्वाजले बताएका छन् । मानवसेवामा समर्पित आश्रम थप ४ ठाउँमा स्थापना गर्ने क्रममा रहेको भारद्धाजले बताए । ‘कोही नहुनेहरुका लागि आफ्नो सेवा आश्रम हुनेछ । अब नेपालमा पनि ‘आफ्नो घर आश्रम’को औपचारीक उद्घाटन भइसकेको छ ।’ उनले भने, ‘यदी कतै अलपत्र परेका अनाथ, असहाय, मानसिक रोगी तथा बेसाहारा मानिसलाई देखे आफ्नो घर आश्रमसम्म पुर्याईदिनुहोला । ‘प्रभु’को अवतारका रुपमा हामी निःशुल्क सेवा गर्नेछौँ ।’
हाल डोलेश्व धाममा आफ्नै भवनमा हाल २०० बेड क्षमतामा हाल आश्रम संचालनमा गरिएको छ । आश्रम मार्फत हालसम्म १९४ जनाको उद्दार भैसकेको छ भने कतिपय पुर्ण रुपमा स्वस्थ भई परिवारको सम्पर्कमा गैसकेको आश्रमले जनाएको छ । त्यस्तै हाल भने आश्रममा ८७ जना आश्रीत रहेको छन् । आश्रमको उद्घाटन कार्यक्रममा स्वामी सदानन्द जि महाराज, डा. बि.एम.भारद्वाज, बिजय चौधरी, के.के. गोयल, भारतका पुर्व मन्त्री तथा भाजपा नेता कपिल मिश्र, आश्रमसँग स्थापना कालदेखि नै सक्रिय रुपमा आवद्द सेयर बजारका अग्रज लगानिकर्ता छोटेलाल लगायतको उपस्थिति रहेको थियो । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्