दाङ । बीमा रकम पाउने लोभमा आफ्नो सवारी साधनमा आफै आगो लगाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बन्दको मौका छोपी दाङको घोराही–लमही सडकखण्डमा आफैंले टिप्परमा आगजनी गरेको पुष्टि भएपछि चालक र सहचालकसँगै टिप्परका साहुलाई समेत प्रहरीले पक्राउ गरेको हो ।
घोराही–लमही सडकखण्डको बबई खोला पुलमा रा १ ख १६९४ नम्बरको टिप्परमा आगो लगाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरिक्षक राज कुमार गौतमले जानकारी दिएका छन् ।
‘मंगलबार बिहान साढे ४ बजे गाडी ग्यारेजबाट निकालेर लगेको देखिन्छ’, अर्थ सरोकारसँग कुराकानी गर्दै डिएसपी गौतमले भने, ‘मर्मतका लागि ग्यारेजमा थन्किएको टिप्पर पुरानो भएकोले मर्मतमा ठुलो खर्च आउने रहेछ । गाडी पुरानो र मर्मतमा बढी खर्च आउने भएपछि बन्दको मोका छोपेर बीमाको रकम पाउने लोभमा आफ्नो गाडीमा आफै आगो लगाएको खुलेको छ ।’ डिएसपी गौतमका अनुसार दुईजना चालक र सहचालकले खर्च कम निस्किने गरी आगो लगाएका हुन् । यधपी टिप्परको अगाडिको भागमा भने क्षति भएको छ ।’
‘प्रहरीमा आगलागीको रिपोटिङ समयमा भएको थिएन, त्यसैले पनि शंका गर्ने बाटो रह्यो’, उनले भने– ‘सोही शंकाका आधारमा अनुसन्धान गर्दा चालक र सह–चालकले आफै गाडीमा आगो लगाइएको पाईयो । उनीहरुले गाडीमा साहुकै आदेश र सहमतिमा आगो लगाएको पुष्ठि भएको छ ।’ पक्राउ परेका तीनैजना प्रहरीका नियन्त्रणमा रहेको बताउँदै डिएसपी गौतमले उनीहरुविरुद्ध मुद्धा दर्ता गर्ने तयारी गरेको बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्