×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अभियान लघुवित्तको आइपीओ बाँडफाँट, ९१ हजार ३७५ जनाले बजाए ताली, बाँकीको हात खाली !

काठमाडौं । अभियान लघुवित्तको आइपीओ सोमबार बाँडफाँट भएको छ । साउन ३० गते (आज)  धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले कम्पनीको आईपीओ बाँडफाँड गरेको हो ।

बिक्री प्रबन्धकमा रहेको मुक्तिनाथ क्यापिटलका अनुसार   गोलाप्रथामार्फत कुल ९१ हजार ३७५ जना सर्वसाधारण लगानीकर्ताहरुले १० कित्ताका दरले सेयर पाएका छन् । उक्त  आइपीओमा १९ लाख ८० हजार ९७० जनाले आवेदन दिएकामा २ हजार ३७६ जनाको आवेदन रद्द भएको जनाइएको छ ।

लगानीकर्ताले मुक्तिनाथ क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, अभियान लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिने लघुवित्तले  जनाएको छ ।

लघुवित्तले साउन १८ गतेदेखि २२ गतेसम्म कुल ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो । जसमध्ये ४८ हजार ७५० कित्ता सामुहिक लगानी कोष र १२ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ९ लाख १३ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: