×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुटिङ शुल्कमा वृद्धि, एकपटकको १५ हजार कायम, आन्तरिकमा २ हजारले वृद्धि

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुटिङ शुल्कमा वृद्धि, एकपटकको १५ हजार कायम, आन्तरिकमा २ हजारले वृद्धि

Artha Sarokar

४ भाद्र २०७९, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अन्तराष्ट्रिय त्रिभुवन विमानस्थलभित्र लाग्ने सुटिङ शुल्कमा वृद्धि भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल सेवा शुल्क नियमावली कार्यान्वयनमा ल्याउँदै चलचित्र तथा भिडियो छायँकनमा लाग्ने शुल्कमा ५ हजार रुपैयाँले वृद्धि भएको जनाएको छ ।

नियमावलीका अनुसार हाल विमानस्थलभित्र लिइने सुटिङ शुल्कमा ५ हजार रुपैयाँ बढेको छ । अब अन्तराष्ट्रिय विमानस्थल भित्र चलचित्र, वृत्तचि, तथा भिडियो चलचित्र छायांकन गर्दा एक पटक (६ घण्टा)को १५ हजार रुपैयाँ तिुर्नपर्ने भएको छ । यसअघि सोही सुटिङका लागि विमानस्थललाई १० हजार रुपैयाँ तिर्नुपथ्र्यो ।

त्यस्तै आन्तरिक विमानस्थलमा पनि सुटिङ शुल्कमा वृद्धि भएको छ । हालसम्म आन्तरिक विमानस्थलभित्र सुटिङ गर्दा एक पटकको ५ हजार रुपैयाँ तिर्नुपथ्र्यो भने अब सोही समको भिडियो छायांकनका लागि ७ हजार रुपैयाँ तिर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी