काठमाडौं । अर्थ मन्त्रालयले अर्थसचिव मधुकुमार मरासिनीलाई सरुवा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माको नियुक्तिकै दिनदेखी बिदामा बसेका अर्थसचिव मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको हो ।
बिहिबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले मरासिनीलाई सरुवा गर्दै हालका लागि अर्थ सचिवको जिम्मेवारी कृष्णहरी पुष्करलाई दिने निर्णय गरेको हो । मन्त्रालयमा अर्को सचिव नआउन्जेलसम्म राजस्व सचिव समेत रहेका पुष्करले अर्थसचिवको समेत काम सम्हाल्नेछन् ।
अर्थमन्त्री जनार्दन शर्माको पुनः नियुक्ति, नियुक्तिकै दिनदेखी मरासिनी विदामा बस्नु र मरासिनीको सरुवालाई धेरैले अर्थमन्त्री शर्मा उनीबीचको टसलको परिणामका रुपमा विश्लेषण गरेका छन् । अर्थमन्त्रालयमा अर्थमन्त्री शर्माको ‘ईन्ट्री’सँगै मरासिनी मन्त्रालय आउन मानेका थिएनन् । बैठकमा सहभागी एक मन्त्रीका अुनसार मरासिनी स्वयमले अर्थमन्त्रालयमा रहेर काम गर्न इच्छुक नभएको भनेपछि उनलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको हो ।
अर्थसचिवले स्वयमले मन्त्रालयमा रहेर काम गर्न इच्छुक नरहेको भन्दै सरुवा मागेकाले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्