×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सि-आश्वा शुल्क बढिमा ५ रुपैयाँ बनाउने निर्णय बोर्डबाट पारित, लगानीकर्ताले भने-`सलाम हमालज्यू´

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सि-आश्वा शुल्क बढिमा ५ रुपैयाँ बनाउने निर्णय बोर्डबाट पारित, लगानीकर्ताले भने-`सलाम हमालज्यू´

Artha Sarokar

६ भाद्र २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्षको विशेष पहलमा आईपीओ भर्दा बैंक तथा वित्तीय संस्थाले लिने सी–आस्वा शुल्क घटेको छ । बोर्डको संचालक समितिले गरेको यो निर्णयको जानकारी सबै बैंक तथा वित्तीय संस्थालाई दिईसकेको छ । यो निर्णय मंगलबारदेखि नै कार्यान्वयनमा आउनेछ।
अहिले एनआईसी एशिया बैंक, राष्ट्रिय बाणिज्य बैंक, नबिल बैंक र कुमारी बैंकले यो सेवा नि:शुल्क दिइरहेका छन् भने अन्य बैंकले १० रुपैयाँदेखि २५ रुपैयाँसम्म शुल्क लिईरहेका थिए । अझ स्ट्यान्डर्ड चार्टड बैंकले त यस्तो शुल्क १०० रुपैयाँसम्म लिने गरेको थियो ।
बोर्डको निर्णय अनुसार अब सी–आस्वा सेवा दिने बैंक तथा वित्तीय संस्थाले ५ रुपैयाँ भन्दा बढी शुल्क लिन पाउने छैनन् ।
बोर्डको यो निर्णयसंगै लगानीकर्ताले सामाजिक संजालमा बोर्ड अध्यक्ष रमेश कुमार हमाललाई धन्यवाद दिईरहेका छन्।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी