काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्षको विशेष पहलमा आईपीओ भर्दा बैंक तथा वित्तीय संस्थाले लिने सी–आस्वा शुल्क घटेको छ । बोर्डको संचालक समितिले गरेको यो निर्णयको जानकारी सबै बैंक तथा वित्तीय संस्थालाई दिईसकेको छ । यो निर्णय मंगलबारदेखि नै कार्यान्वयनमा आउनेछ।
अहिले एनआईसी एशिया बैंक, राष्ट्रिय बाणिज्य बैंक, नबिल बैंक र कुमारी बैंकले यो सेवा नि:शुल्क दिइरहेका छन् भने अन्य बैंकले १० रुपैयाँदेखि २५ रुपैयाँसम्म शुल्क लिईरहेका थिए । अझ स्ट्यान्डर्ड चार्टड बैंकले त यस्तो शुल्क १०० रुपैयाँसम्म लिने गरेको थियो ।
बोर्डको निर्णय अनुसार अब सी–आस्वा सेवा दिने बैंक तथा वित्तीय संस्थाले ५ रुपैयाँ भन्दा बढी शुल्क लिन पाउने छैनन् ।
बोर्डको यो निर्णयसंगै लगानीकर्ताले सामाजिक संजालमा बोर्ड अध्यक्ष रमेश कुमार हमाललाई धन्यवाद दिईरहेका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्