पोखरा । एनएमबी बैंकको एटिएम चोरीको अभियोगमा एक युवक पक्राउ परेका छन् । पोखरा महानगरपालिका ३० अर्घौ चोकस्थित बैंकको एटिएम तोडफोड गरी चोरी गरेको अभियोगमा २१ वर्षिय अनिस तामाङ (भेडे) पक्राउ परेका हुन् । एटिएम चोरी गरी भागेका तामाङलाई भदौ २ गते रुपन्देहीको बेलाहियाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
एकैरातमा तिन चोरी
गत साउन ३ गते पोखरामा दुई बैंकको एटिएममा चोरीको प्रयास भएको थियो । पोखराको अर्घौ चोक स्थित एनएमबी बैंकको एटिएम मेसिन फोडेर ‘क्याससेट’सहित रकम चोरी भएको थियो भने एनआईसी एशिया बैंकको एटिएम बुथमा चोरीको प्रयास भएको थियो ।
रातीको करिब २ बजेको समयमा एनआईसी एशिया बैंकको एटिएम बुथमा शंकास्पद गतिविधी भएको सूचना कास्की प्रहरीलाई प्राप्त भयो । ‘सूचना पाएलगत्तै प्रहरी त्यहाँ पुग्यो’, प्रहरी उपरिक्षक सुन्दर तिवारीले भने, ‘त्यहाँ पुग्दा हामीलाई ग १० प २९६३ नम्बरको मोटरसाइकल र हेल्मेट फेला पर्यो, चोर भागिसेकको थियो।’ सो मोटरसाइकल धनी खोज्ने क्रममा प्रहरीले थप नयाँ रहस्य फेला पार्यो ।
‘मोटरसाईकलका धनी बिजय गौतम रहेछन्, तर सो राती उनको मोटरसाइकल चोरी भएको रहेछ’, अर्थ सरोकारसँग कुराकानी गर्दै तिवारीले भने –‘चोरले पहिला मोटरसाइकल चोरेछ, त्यसपछि एनएमबी बैंकको एटिएम फोडेर पैसा चोरेपछि एनआईसी एशिया बैंकको एटिएम मेसिन फोड्ने प्रयास गरेको रहेछ ।’ डिएसपी तिवारीका अनुसार सोही घटना र दुवै बैंकको सिसीटिभी फुटेजका आधारमा खोजी गर्दा तामाङ पक्राउ परेका हुन् ।
तामाङले एनएमबी बैंकको एटिएमबाट १४ लाख ७१ हजार ५ सय रुपैयाँ चोरी गरेको डिएसपी तिवारीले बताए । ‘बैंकको एटिएम मेसिन फोडेर पैसा चोर्नु भनेको असम्भव कुरा हो । बैंकको एटिएममा ‘अलर्ट सिस्टम’ हुन्छ, त्यसमा पनि दोहोरो सुरक्षाभित्र एटिएममा पैसा राखिएको हुन्छ’, तिवारीले भने, ‘तर त्यो दिन एनएमबी बैंकको भल्ट राम्रोसँग नलागेको भन्ने बुझिएको छ । त्यसैले पनि चोरले सजिलै पैसा चोरेको देखिन्छ ।’ उक्त घटनामा चोरी भएको क्यासकेट पोखरास्थित बिचारी चौतारामा फेला परेको थियो ।
पक्राउ परेका तामाङको साथबाट चोरीको समयमा प्रयोग गरेको कपडा र झोला लगायतका सामान बरामद गरेको प्रहरी नायब उपरिक्षक तिवारी बताएका छन् । तामाङ विरुद्ध कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा सात दिन म्याद थप गरी अनुसन्धान गरिरहेका प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्