×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३ कम्पनीको ३ लाख २६ हजार ८ सय २० कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला, कस-कसले पाउँछन् भर्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

३ कम्पनीको ३ लाख २६ हजार ८ सय २० कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला, कस-कसले पाउँछन् भर्न ?

Artha Sarokar

१९ श्रावण २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रुडेन्सियल क्यापटिल म्यानेजमेन्ट कम्पनीले आज बिहिबारदेखि आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर लिलामीमा ल्याएको छ । कम्पनीले ३ कम्पनीको ३ लाख २६ हजार ८ सय २० कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो ।

कम्पनीले एनआइसी एसिया लघुवित्तको ५० हजार, प्रुडेन्सियल क्यापटिल म्यानेजमेन्टको २ लाख १ हजार ८ सय २० र श्री गणेश प्रोपर्टीज एन्ड इन्भेष्टमेन्ट प्रालीको ७५ हजार कित्ता सेयर लिलामीमा ल्याएको जनाएको छ ।

लगानीकर्ताले  एनआइसी एसिया लघुवित्तमा न्यूनतम ३७५ रुपैयाँ, प्रुडेन्सियल क्यापटिल र श्री गणेश प्रोपर्टीजको सेयरमा ३५० रुपैयाँ न्यूनतम रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

यसमा भदौ २५ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा बुझाउन सकिनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी