काठमाडौं । अन्डरग्राउण्ड पार्किङ छोपेर पसल सञ्चालन गरिरहेको नयाँ बानेश्वर चोकको बानेश्वर कम्प्लेक्सको अन्डर ग्राउण्ड पार्किङ खुलाउन काठमाडौं महानगरपालिले संरचना भत्काएको छ । केहि समय अगाडी महानगरले नक्सा पास गर्दा राखेको अन्डरग्राउण्ड पार्किङलाई अरु प्रयोजनमा नलगाउन व्यापारीहरुलाई आग्रह गर्दै ३५ दिने सूचना जारी गरेको थियो । सो म्याद आइतबार सकिएको थियो । म्याद सकिंदा पनि महानगरलाई अटेरी गरेपछि महानगरले सो संरचनाहरु भत्काएको हो ।
नगर प्रहरी प्रमुख राजु पाण्डेले दिएको जानकारी अनुसार नयाँ बानेश्वर क्षेत्रमा महानगरपालिकाबाट अन्डर ग्राउण्ड पार्किङको अनुमति लिएर २२ वटा भवन निर्माण भएका छन् । ती सबैजसोले नियमविपरित अन्डरग्राउण्ड पार्किङ क्षेत्रलाई पसल सञ्चालनका लागि भाडामा दिएको पाइएको छ । महानगरले एक-एक गरी ती संरचना हटाउन सुरु गरेको छ ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्