काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग सर्वोच्चले लिखित जवाफ माग गरेको छ । मेयर शाह विरुद्ध अदालतको अपहेलना गरेको विषयमा परेको मुद्दामा सर्वोच्चले लिखित जवाफ मागेको हो ।
सोमबार न्यायधिश हरिकृष्ण कार्कीको एकल इजलासले उक्त रिटमाथि सुनुवाई गर्दै मेयर शाहलाई लिखित जवाफ माग्ने निर्णय गरेको हो । मेयर शाहले सार्वजनिक रुपमा अदालतको अपहेलना गरेको भन्दै अधिवक्ता दीपकराज जोशीले मेयर शाहविरुद्ध सर्वोच्च अदालतमा मुद्धा हालेका थिए ।
मेयर शाहले नर्भिक अस्पतालको संरचना नभत्काउन अदालतले जारी गरेको स्टे अर्डरलाई ईंकित गर्दै ‘अब नक्सा पासको काम पनि सर्वोच्च अदालतलाई दिए भयो’ भन्दै सार्वजनिक रुपमै प्रतिक्रिया दिएका थिए । सोही विषयलाई आधार मानेर शाहकाविरुद्धमा मुद्धा परेको थियो भने सोही रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले लिखित जवाफ माग गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्