काठमाडौं । प्रतिनिधिसभाबाट बीमा विधेयक पारित भएको छ । चार वर्षअघि दर्ता भएको बीमा विधेयक आइतबार बहुमतले संसदबाट पारित भएको हो ।
संसदबाट पारित भएको बीमा विधेयकलाई सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरण गरेर राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाउनेछन् । राष्ट्रपतिले विधेयकमा लालमोहर लगाएपछि बिमा विधेयक ‘बिमा ऐन २०७९’ का रूपमा लागू हुनेछ । ऐन लागू भएसँगै अहिलेको बीमा समिति अधिकारसम्पन्न बिमा प्राधिकरणका रूपमा परिणत हुनेछ’, अर्थमन्त्री जनार्दन शर्माले भने, ‘उक्त प्राधिकरण स्वायत्त रहनेछ । बीमा क्षेत्रमा विद्यमान समस्यालाई सुक्ष्म रुपमा नियाल्दै गहिरो समिक्षापछि समयानुकुल विधेयक बनाएका छौँ ।’
समाजवादोन्मुख लक्ष्यप्रति प्रतिबद्ध भई उपलब्ध स्रोध र साधनको प्रयोग गरी तीव्र आर्थिक विकासका लागि सरकार प्रतिबद्ध रहेको अर्थमन्त्री शर्माले बताएका छन् । उनले बीमासम्बन्धी विगतका ऐन, कानुनको पुनरावलोकन गरेर नयाँ विधेयक ल्याइएको जानकारी दिँदै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य बीमासम्बन्धी अलग्गै ऐन कार्यान्वयनमा रहेकाले उक्त ऐनबमोजिम नै कार्य हुने समेत बताएका छन् ।
विधेयकमार्फत प्राधिकरणले तोकेको चुक्तापुँजी बिमा कम्पनीहरूले नपुर्याए कम्पनीको लाइसेन्स जफत गर्न सक्ने अधिकार पनि दिइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्