×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भक्तपुरमा बाढीको वितण्डाः १३ तस्विरमा हेर्नुहोस् घर, स्कुल डुबेपछिको हरिबिजोग… (फोटो-कथा)

काठमाडौं । गएराती परेको अविरल वर्षाका कारण मनोहरा खोला किनारका बस्ती विचल्लीमा परेका छन् । बाढी बस्तीमा पसेपछि मध्यपुरथिमि नगरपालिका–१ मनोहरा खोलाको किनारामा रहेका सुकुम्बासी बस्तीको आठ सय ८० घरमध्ये करिब आठ सय घर डुबानमा परेका छन् ।

बाढी बस्तीमा पसेपछि बुधबार बिहानैदेखी स्थानीयहरु भरभित्र पसेको पानी फाल्नमै व्यस्त छन् । बस्ती डुबानमा पर्दा घरभित्रका लत्ताकपडा, खाद्यान्न र अन्य सामान पूर्णरुपमा नष्ट भएका छन् । यसो त बाढीले घरमा मात्र होइन विद्यालयमा पनि त्यत्तिकै क्षति गरेको छ । बस्तीमा खोलाले कटान गरी माटोको ढिस्को खस्दा खोलाको धार परिवर्तन भई ८० घरटहरामा पानी पसेको स्थानीयले बताएका छन् । डुबानले बिचल्ली भएका नागरिकहरु अहिले राहतको याचना गरिरहेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: