काठमाडौँ । काठमाडौँमा धेरैपछि भूकम्पको ठुलो धक्का महसुस भएको छ । विहान ५ बजेर २६ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । गत बैसाख १२, २०७२, शनिबारको दिन गएको महाभूकम्पपछि नेपालमा धेरै साना ठुला परकम्पहरु गईरहेको भएपनि शनिबार गएको भूकम्पले नागरिकहरु थप आत्तिएका छन् ।
एक त धेरैपछि काठमाडौँमा यति ठुलो धक्का महसुस भएको छ, अर्कोतर्फ केहि समय अगाडी खोटाङमै ठुलो भूकम्प गएको धेरै भएको छैन, र त्यसमा पनि शनिबारे संयोगका कारण नागरिक आत्तिएका छन् । ७२ सालको महाभूकम्प पनि शनिबार नै गएको थियो । शनिबार धेरैपछि भूकम्पको ठुलो धक्का महसुस भएपछि मानिसहरु आत्तिएका छन् ।
अर्कोतर्फ झरीका बेला आउने भूकम्प थप जोखिमपूर्ण हुने विज्ञहरुको तर्क छ । पानीले जमिन थप कमजोर भएका बेला आउने भूकम्पले बढी क्षति गर्न सक्ने उनीहरुको भनाई छ । आज पनि शनिबार र त्यसमा पनि झरीका बेला भूकम्पको धक्का महसुस भएपछि नागरिक थप आत्तिएका छन् ।
अपडेट : राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले नुवाकोटको बेल्कोटगढी केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्