×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समितिले सात लघुबीमा कम्पनीका नाममा इजाजतपत्र वितरण गर्दै, ३५ दिन भित्र प्रस्ताव पेश गर्न आह्वान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

समितिले सात लघुबीमा कम्पनीका नाममा इजाजतपत्र वितरण गर्दै, ३५ दिन भित्र प्रस्ताव पेश गर्न आह्वान

Artha Sarokar

१० भाद्र २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बीमा समितिले लघुबीमा कम्पनीको लाइसेन्स वितरण गर्ने भएको छ । समितिले बिमा कम्पनीको संख्या धेरै भएको भन्दै मर्जर तथा एक्विजिसनका लागि बिमा कम्पनीहरूलाई दबाब दिँदै आएको बिमा समितिले सातै प्रदेशमा लघु बिमाका नाममा इजाजतपत्र वितरण गर्ने भएको हो ।

शुक्रबार सार्वजनिक रुपमा बीमा समितिले सूचना जारी गर्दै चार वटा निर्जीवन लघु बिमा र तीन वटा जीवन लघु बिमा गरेर सात कम्पनीलाई नयाँ अनुमतिपत्र वितरण गरिने प्रस्ताव आह्वान गरेको छ । नयाँ कम्पनीको न्यूनतम चुक्ता पुँजी ७५ करोड तोकिएको छ  । यसमा इच्छुक व्यक्ति तथा लगानीकर्ता, संस्थाले आवेदन पेश गर्न सक्ने समितिले जनाएको छ ।

सूचना प्रकाशित भएको मितिबाट ३५ दिनको १२ बजे भित्र दरखास्त पेश गर्नुपर्नेछ । आवेदकले जीवन र निर्जीवन लघु बिमाका लागि छुट्टाछुट्टै वा दुवैका लागि प्रस्ताव गर्न सकिनेछ । कर्पोरेट कार्यालय भने काठमाडौं उपत्यका बाहिर प्रदेशस्तरमा रहनुपर्ने समितिले जारी गरेको सुचनामा भनिएको छ । लगानीकर्ताले आफू कालोसूचीमा नरहेको प्रमाण सहित  आर्थिक वर्ष २०७७-०७८ को कर चुक्ताको प्रमाणपत्र पेश गर्नुपर्ने सुचनामा उल्लेख गरिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी