×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेको ‘बाई-सेल’ सिग्नलबारे जानकारी दिने ‘चुकुल’ एप बजारमा, नेपालकै पहिलो यस्तो प्लेटफर्म भएको दाबी !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेप्सेको ‘बाई-सेल’ सिग्नलबारे जानकारी दिने ‘चुकुल’ एप बजारमा, नेपालकै पहिलो यस्तो प्लेटफर्म भएको दाबी !

Artha Sarokar

१६ श्रावण २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेप्सेको बाई-सेल सिग्नल सम्बन्धि दैनिक जानकारी दिने प्लेटफर्म ‘चुकुल’ बजारमा आएको छ । दैनिक रुपमा ट्रेड हुने विभिन्न स्टकहरुमध्ये कुनमा बाई सिग्नल देखिएको छ र कुनमा सेल सिग्नल देखिएको छ भन्ने जानकारी आफ्नो प्लेटफर्मबाट मात्र होइन, एसएमएसबाटसमेत जानकारी दिने यो एपले प्राविधिक विश्लेषणले देखाएका सिग्नलका आधारमा सेयर लगानीकर्ताहरुलाई विभिन्न स्टकको ‘स्ट्याटस’बारे जानकारी दिने बताइएको छ ।
‘चुकुल एप नेपालको पहिलो र एकमात्र बाई-सेल सिग्नल’ बारे जानकारी दिने प्लेटफर्म हो । हाम्रा ग्राहकहरुलाई हामी हरेक दिन विभिन्न स्टकबारे आएको सिग्नलको जानकारी दिन्छौँ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै संस्थापक विमोद देव पन्तले भने,’प्राविधिक विश्लेषणले भनेको तथ्यमा आधारित भएर प्राप्त भएको बाई र सेल सिग्नल हामी सेयर लगानीकर्ताहरुलाई उपलब्ध गराउँछौँ । अहिलेसम्म हामी ७० प्रतिशत सफल भएका छौं । प्राविधिक रुपमा हेरिने बजारमा ७० प्रतिशतको एकुरेसी भनेको निकै राम्रो हो ।’
उनका अनुसार पछिल्लो समय बजारले एउटा लो समातेर अघि बढ्दै गर्दा सेयर बजारमा ट्रेडरहरु थप सक्रिय भएकाले चुकुलका ग्राहकहरु पनि दिनानुदिन बढीरहेका छन् । ‘पछिल्लो समय हाम्रा सब्स्क्राईबरहरु बढीरहेका छन् । हाम्रो सिग्नलको एकुरेसी पनि ७० प्रतिशत हाराहारी भएकाले धेरैले हाम्रो एप रुचाईदिनुभएको छ ।’ उनले अर्थ सरोकारसँग भने- ‘ट्रेड गर्नेहरुका लागि एपले विभिन्न स्टकहरुमा देखिएका विभिन्न कोणका तथ्यहरुलाई सहज तरिकाले प्रस्तुत गरिदिएको छ । यहि कारण हामीलाई धेरैले विश्वास गरिदिनुभएको छ ।
‘ARTHASAROKAR ‘ प्रमो कोड प्रयोग गर्ने प्रयोगकर्तालाई आफ्नो पेड भर्जनमा २० प्रतिशत छुट !
यसैबीच चुकुलले आफ्ना पेड भर्जनका ग्राहकहरुलाई अर्थ सरोकारको प्रमो कोड प्रयोग गर्नेलाई विशेष छुटको समेत व्यवस्था गरेको छ । ‘चुकुल एपमा अन्य फिचरहरु भने नि:शुल्क पाइन्छ । दैनिक कारोबारको विश्लेषणात्मक विवरण पाइने चुकुल एपमा प्राविधिक रुपमा विभिन्न सेयरका ‘मुभमेन्ट’हरुसमेत उपलब्ध छ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै पन्त भन्छन्- ‘प्राविधिक रुपमा सेयर बजारलाई नियाल्नेहरुका लागि विशेष उपयोगी हुने यो एपमा अन्य फिचरहरु नि:शुल्क पाइन्छ । बाई-सेल सिग्नलका लागि भने केहि रकम तिर्नुपर्छ । त्यसका लागि पनि ARTHASAROKAR प्रमो कोड प्रयोग गरे २० प्रतिशत छुटको व्यवस्था गरेका छौं ।’
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी