×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन बैंकसँग बिलय हुन लागेको सिभिल पहिलोपटक अर्बपति क्लबमा, १ अर्ब ३८ करोड नाफा !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार

PRIME CA
laxmi sunrise bank

हिमालयन बैंकसँग बिलय हुन लागेको सिभिल पहिलोपटक अर्बपति क्लबमा, १ अर्ब ३८ करोड नाफा !

काठमाडौं । हिमालयन बैंक लिमिटेडसँग बिलय हुन लागेको सिभिल बैंक पहिलो पटक अर्बपति क्लबमा प्रवेश गरेको छ । बैंकलेसार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार बैंकले १ अर्ब ३८ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा ५२ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकले गरेको नाफामध्ये सेयरधनीलाई वितरण गर्न सक्ने नाफा १ अर्ब छ । बैंकले सेयरधनीलाई ११ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्छ ।
सार्वजनिक भएको वित्तीय विवरण अनुसार बैंकले ब्याज आम्दानीबाट ३ अर्ब ६४ करोड कमाएको छ । अघिल्लो वर्ष बैंकको यस्तो ब्याज आम्दानी वर्ष २ अर्ब २१ करोड थियो । बैंकको पुँजीकोष अनुपात १६.०५ प्रतिशत छ । यस्तै बैंकको कर्जा निक्षेप अनुपात ८५.४६ प्रतिशत छ भने बेसरेट १०.४६ प्रतिशत छ ।
यस्तै बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको खराब कर्जा अनुपात १.०८ प्रतिशत छ । बैंकको स्प्रेडदर ४.२९ प्रतिशत छ भने प्रतिसेयर आम्दानी १५.२६ रुपैयाँ छ । यस्तै असार मसान्तसम्म बैंकको निक्षेप ९४ अर्ब ४९ करोड तथा कर्जा ८३ अर्ब ४४ करोड छ । अघिल्लो वर्ष असार मसान्तमा बैंकमा निक्षेप ८८ अर्ब तथा कर्जा ७९ करोड थियो ।
बैंकका सीइओको सुनिल पोखरेको फर्स्ट एण्ड लाष्ट इनिङमा बैंकले यस्तो नाफाको रेकर्ड बनाएको हो । सिभिल बैंकले स्थापनाकालदेखि नै १ अर्ब नाफा कमाउन सकेको थिएन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: