×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साढे २२ लाख घुससहित उपसचिव अख्तियारको फन्दामा, ‘खुसुक्क’ रकमको सूचना ‘सुटुक्क’ पाएपछि यसरी समातिए…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

साढे २२ लाख घुससहित उपसचिव अख्तियारको फन्दामा, ‘खुसुक्क’ रकमको सूचना ‘सुटुक्क’ पाएपछि यसरी समातिए…

Artha Sarokar

१८ श्रावण २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल साढे २२ लाख घुससहित पक्राउ परेका छन् । मंगलबार उपसचिव नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गुप्तचरी टोलीले घुस रकमसहित पक्राउ गरेको हो ।

‘प्याराग्लाइडिङ्गको उडान अनुमतिका लागि उपसचिव नेपालले घुस मागेको र त्यो रकम लिएको भन्ने सूचनाका आधारमा खानतलासी गर्दा उनको साथबाट घुसको ६ लाख रकम भेटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । आयोगका अनुसार वाई उद्योग तथा अन्तर्राष्ट्रिय सम्बन्ध शाखाका प्रमुख समेत रहेका उपसचिव नेपालले चडेको गाडीमा थप १६ लाख रकम पनि भेटिएको थियो । सो रकमको स्रोत भने खुलेको छैन । नागपोखरीस्थित होटल अरण्यमा घुस लिएको पुष्ठी भएपछि उनलाई पक्राउ गरिएको हो ।

पछिल्लो समय पर्यटकहरुको केन्द्रबिन्दुमा ‘प्याराग्लाईडिङ्ग’ छ । सो सेवा संचालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति लिनुपर्छ । सोही अनुमति पत्रका लागि व्यवसायीसँग सो घुस रकम उपसचिव नेपालले लिएको आयोगले बताएको छ । उनको साथबाट बरामद गरिएको साढे २२ लाखमध्ये ६ लाख घुस लिएको स्पष्ट भएपनि १६ लाखको स्रोत भने खुलेको छैन ।

पक्राउ परेका नेपाल ‘गोल्ड मेडलिस्ट’ पनि हुन् । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्ने क्रममा उनले स्वर्णपदक पाएका थिए । सरकारी सेवामा प्रवेश गरेपछि उनले नागरिक उड्ययन प्राधिकरणमा काम गरेका थिए । एयर ट्राफिक कन्ट्रोलर–एटीसी) पनि भएका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी