×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्वबजारमा कच्चा तेलको मुल्य तीन साताकै उच्च, नेपालमा बढ्न सक्ने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

विश्वबजारमा कच्चा तेलको मुल्य तीन साताकै उच्च, नेपालमा बढ्न सक्ने

१० भाद्र २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मुल्यमा वृद्धि भएसँगै नेपालमा पनि तेलको मुल्यमा पुनः वृद्धि हुनसक्ने संकेत देखिएको छ । हाल विश्व बजारमा कच्चा तेलको मुल्य तीन साताकै उच्च बिन्दुमा पुगेको छ ।

ओपेकले कच्चा तेलको उत्पादनमा कटौती गर्न सक्ने प्रबल सम्भावना र तेल उत्पादन देशहरुमार्फत कुनै पनि कटौतीले तेलको मुल्या आकाशिन सक्नेछ । हाल विश्व बजारमा अमेरिकी क्रुड ३४ सेण्टले बढेर प्रति ब्यारेल ९५.२३ डलर पुगेको छ भने ब्रेण्ट क्रुड प्रति बयारेल ५१ सेण्टले बढेर १०१.७३ पुगेको थियो ।

तेहरानले विश्वका शक्तिहरुसँग आणविक सम्झौता गरेमा इरानको तेल बजारमा फिर्ता हुने सम्भावना रहेको विज्ञहरुको विश्वास छ । सोहि समयमा इरानले सन् २०१५को आणविक सम्झौतालाई पुनः सुचारु गर्न अमेरिकाबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताएको छ । यद्यपी, हालसम्म परमाणु सम्झौताको मुद्दामा इरान र अमेरिका दुबै मुलुकबाट कुनै आधिकारिक जानकारी आएको छैन । विश्व बजारमा कच्चा तेलको मूल्य बढेमा नेपालमा पनि तेलको मूल्य पुनः बढ्न सक्ने छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: