×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘झाडीवाली’ दिक्षाका कर्तुतका नालीबेली : आफ्नै सासु-ससुरालाईसमेत ठगी, बैंक र ऋण दुवै नक्कली !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘झाडीवाली’ दिक्षाका कर्तुतका नालीबेली : आफ्नै सासु-ससुरालाईसमेत ठगी, बैंक र ऋण दुवै नक्कली !

सुदर्शन श्रेष्ठ

२४ श्रावण २०७९, मंगलवार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौं । यतिबेला ‘झाडीवाली’ दिक्षाको खुब चर्चा छ बजारमा । पैसा नै नभएको चेक दिएर निघालोघारीमा लुकेर बसेकी उनलाई प्रहरीले झाडीबाटै पक्राउ गरेको थियो । प्रहरीले नै झाडीमा लुकेर बसेको फोटो सार्वजनिक गरिदिएपछि अहिले यो प्रकरण ‘झाडीवाली दीक्षा’को प्रकरणका रुपमा चर्चित छ ।  चेक बाउन्स मुद्धामा पक्राउ परेकी दिक्षाका अनेक हर्कतहरु पनि एक-एक गरी बाहिर आउन थालेका छन् । यतिसम्मकि उनले आफ्नै सासुसुराबाटसमेत १ करोड बढी रकम ठगी गरेको तथ्यसमेत बाहिर आएको हो । उनी पक्राउ परेपछि उनको ठगीको अनेक जालो देखिएको छ । यतिसम्मकि प्रहरीले सुरुमा पक्राउ गर्दा उनलाई उनी यहाँसम्म ठगीकि ‘मास्टर माइन्ड’ हुन सक्छिन् भन्ने कल्पनासमेत गरेको थिएन ।
‘चेक बाउन्स’मा दर्जनौं ठगी !
दिक्षाले बैशाख २६ गते कुल बहादुर विकलाई ३ लाखको चेक दिएकी थिईन् । तर उनले दिएको खातामा रमक मौज्दात नै थिएन । रकम नै नभएको खाताको चेक दिएको भन्दै विकले उनी विरुद्ध ‘चेक बाउन्स’को अभियोगमा प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा खोजी गर्दैैजाँदा प्रहरीेले दिक्षालाई बिरेठाँटीको निगालो घारीबाट पक्राउ गरेको थियो ।
‘चेक बाउन्स’को मुद्धामा पक्राउ परेकी दिक्षाको यो पहिलो ठगी भने थिएन । यसभन्दा अघि पनि उनले दर्जनौँलाई यसैगरी ठगी गरेकी थिईन् । पोखराका अधिकांश बैंक तथा फाइनान्सहरुमा उनको नाममा खाता छ । उनले धेरैलाई सोही बैंक तथा फाइनान्सको चेक दिने गर्थिन् । तर चेक दिएको दोस्रो दिन नै उनले खाता बन्द गर्थिन् । यसरी उनले पोखराका दर्जनौं बढीलाई ठगी गरेको तथ्य प्रहरीले खुलाएको छ । उनी पक्राउ परेसँगै अहिले उनीबाट ठगिएकाहरु प्रहरीको सम्पर्कमा आउन थालेका छन् ।
आफ्नै श्रीमान र ससुराबाट करोडौँ ठगी !
बैंकिङ कसुर मुद्धामा पक्राउ परेकी दिक्षा पुनले आफ्नै सासुससुरा र श्रीमानबाट करोडौँ रकम ठगी गरेको तथ्य खुलेको छ । भारतीय सेनामा कार्यरत २८ वर्षीया बलबहादुर पुनसँग ३ वर्षअघि (२०७६ फागुनमा) बिवाह गरेकी दिक्षाले उनैलाई ठगी गरेको प्रहरीको अनुसन्धानले खुलाएको छ । फेसबुकबाट भेट भएकी दिक्षाले बल बहादुरलाई बेलायतको नागरिक समेत रहेको भन्दै मायाजालमा फसाएकी थिईन् । लकडाउनका समयमा हतार–हतार उनै बलबहादुरसँग बिहे गरेकी दिक्षाले १ हप्तामै बिहेदर्ता र नागरिकताको सिफारिस समेत लिएकी थिईन् ।
पटक-पटक गरी दिक्षाले श्रीमान र सासूससुराबाट करोडौँ रकम ठगी गरेकी हुन् । दिक्षाले नक्कली पेट बनाएर पेटमा ४ वटा बच्चा भएको भन्दै सासूससुरालाई झुट समेत बोलेकी थिईन् । कहिलेकाहीँ गाउँ जाँदा ठुलो पेट बनाएर जाने दिक्षाले बच्चा जन्माउनका लागि ४० लाख लाग्ने भन्दै सासु-ससुरालाई ठगेकी थिईन् । यतिसम्म कि उनले पेटमा ४ वटा बच्चा भएकोले जन्मिन समय लागने समेत बताएकी थिईन् । तर १५ महिनासम्म पनि बच्चा नजन्मिएपछि उनका सासुसुराले ठगिएको थाहा पाएका थिए । गाउँमा बसेर बच्चा जन्माउन नसकिने भन्दै पोखरामै बस्न थालेकी दिक्षाले घरजग्गा किन्ने भन्दै श्रीमानबाट ६० लाख रूपैयाँ मागेकी थिईन् ।
नक्कली डाक्टरको रुपमा ठगी, बैंक र कागज दुवै नक्कली !
सासुआमा गौमाया पुनको नममा जग्गा पास गरेकी उनले बैंकमा लालपुर्जा राखेर ऋण लिएको समेत बताएकी थिईन् । बैंकबाट हरेक महीना सावा ब्याजको किस्ता तिर्न भनेर गौमायालाई फोन आउँथ्यो । तर गौमायाले करीब ३० लाख रूपैयाँ किस्ता तिरिसकेको बताएकी छिन् ।
यसो त बैंकिङ्ग कसूरमा प्रहरीको हिरासतमा रहेकी दिक्षाले आफु डाक्टर भएर समेत धेरैलाई ठगेको रहस्य पनि खुलेको छ । उनले आफू सर्जन डाक्टर भएको भन्दै गाउँभरी भ्रम सृजना गरेकी थिईन् । यतिसम्म कि दिक्षाले डाक्टरको नक्कली परिचयपत्र पनि बनाएकी थिइन् । फिस्टेल र गण्डकी अस्पतालमा काम गर्छु भन्दै उनले गाउँलेहरुलाई झुट बोल्ने गरेकी थिईन् ।
आफैँ डाक्टर भएपछि उनका सासूससुराले पनि उनलाई विश्वास गरेर उनले भनेजस्तै गरेका थिए । तर, गाउँबाट बिरामीहरू जाँदा उनी हरेक पटक सम्पर्कबिहिन हुने गर्थिन् । पक्राउ परेपछि उनीबाट ठगिएकाहरु अहिले प्रहरीको सम्पर्कमा आउन थालेका छन् ।
के भन्छ प्रहरी ? 
यता प्रहरीले पनि दिक्षाको ठगिको जालो निकै ठुलो भएको निश्कर्ष निकालेको छ । ‘चेक बाउन्सको मुद्धामा पक्राउ परेकी उनी विरुद्ध बैंकिङ्ग कसूरको अनुसन्धान गर्दै जाँदा ठगीका थप नयाँ रहस्य खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक सुन्दर तिवारीले बताएका छन् । ‘दिक्षाको ठगीको जालो निकै ठुलो छ । उनले विभिन्न बाहाना र जालसाझी गरी धेरैको लाखौँ रकम ठगी गरेकी रहिछन् । यतिसम्मकी उनले आफ्नो श्रीमान र सासूससुरलाई समेत ठग्न बाँकी राखेको देखिएन ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने,– ‘उनी ठगीमा मास्टर माईन्ड रहिछन् । अहिले उनीबाट ठगीएका थुप्रै पीडितहरु हाम्रो सम्पर्कमा आउन थालेका छन् । अनुसन्धान जारी छ, अझै कति रहस्य खुल्ने हुन् त्यो पछि नै थाहा हुन्छ ।’
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी