×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

आगलागीका ११ तस्विर : आँखै अगाडि जे देखियो…(फोटो-कथा)

काठमाडौं । काठमाडौं महानगरपालिका १६ बालाजुस्थित वान वर्ल्ड जुत्ता कारखानामा चार करोड बढीको क्षति भएको छ । कारखानामा विद्युत् सर्ट हुँदा आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । कारखानामा आगलागी हुँदा चार करोड बढीको क्षति भएको अनुमान गरिएको छ । आगो नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी तथा स्थानीयको सहयोगमा नियन्त्रण गरिएको छ ।

बालाजु औद्योगिक क्षेत्रसँगै रहेको सो कारखानामा अचानक आगलागी भएको थियो । जुत्ताको ट्रेडमार्क लगाउने मेसिन चलाउँदा विद्युत् सर्ट भएपछि आगो लागेको कारखानामा कार्यरत कर्मचारीहरुले बताएका छन् । कारखानामा रहेका कच्चा पदार्थ तथा आवश्यक केमिकलहरु जलेर नष्ट भएको छ भने कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । घटनास्थलमा अहिले पनि प्रहरीले अनुसन्धान गरिहेको जनाएकोले थप विवरण आउन बाँकी रहेको जनाएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: