×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भदौमा पनि निक्षेपको ब्याज नबढाउने बैंकर्स संघको निर्णय, बैंकर भन्छन्-‘ब्याज बढाएर मात्र डिपोजिट नआउने रहेछ…’

काठमाडौँ । भदौमा पनि बाणिज्य बैंकहरुले निक्षेपको ब्याज नबढाउने भएका छन् । आइतबार बसेको संघको बैठकले यस्तो निर्णय गरेको हो । मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले नीतिगत दरहरु बढाएपछि त्यसको समिक्षाका लागि संघको बैठक बसेको थियो ।
‘ब्याज बढाए पनि निक्षेप बढ्ने होइन । यसकारण ब्याज नबढाउने सहमति भएको छ,’ बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले भने – ‘राष्ट्र बैंकको निर्देशन अनुसार संस्थागत निक्षेपकर्ताको ब्याज व्यक्तिगत मुद्दती निक्षेपको तुलनामा २ प्रतिशत विन्दुले घट्छ । तर असोजसम्म ब्याज नबढाउने सहमति भएको छ र सोहि अनुसार नै हुनेछ ।’
संघको सहमति अनुसार अव वाणिज्य बैंकहरूले एक वर्षे मुद्दती निक्षेपमा अधिकत ११.०३ प्रतिशत ब्याजदर प्रकाशित गर्नेछन् भने एक वर्षे संस्थागत मुद्दती निक्षेपको हकमा ९.०३ प्रतिशत र साधारण बचतको ६.०३ प्रतिशत ब्याज हुनेछ । पछिल्ला चार महिनायतादेखि निक्षेपमा ब्याज बढेको छैन ।
यता निक्षेपको ब्याज नबढेपनि कर्जाको ब्याज भने बढिरहेको छ । साउनदेखि कर्जाको ब्याजदर फेरि बढेको छ । राष्ट्र बैंकले नीतिगत दरहरु बढाएकाले बैंकहरुको लागत बढ्दा आधार दर बढी कर्जाको ब्याजदरसमेत बढेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: