Skip to content
LAXMI SUNRISE BANK

१३.९९ सम्म पुगेको ट्रेजरी बिलको ब्याजदर १२ प्रतिशतभन्दा तल झर्यो, १८२ दिनको बिलको अधिकतम दर १०.९९ प्रतिशत

अर्थ सरोकार

काठमाडौँ। अघिल्लो साता नेपाल राष्ट्र बैंकले जारी गरेको ९१ दिने ट्रेजरी बिलको ब्याज १३.९९ प्रतिशत पुगेपछि यसले नेपाली बजारमा ठुलै हलचल मच्चाएको थियो । कतिपयले यसरी ट्रेजरी बिलको ब्याज १३.९९ प्रतिशतसम्म पुगेपछि आम जनतालाई रिस्क लिएर अव बैंकले किन ब्याज दिने भन्ने प्रश्न उठेको चर्चासमेत गरेका थिए । ट्रेजरी बिलको सो ब्याजले नेपाली अर्थतन्त्र गलत दिशामा त छैन ? भन्ने प्रश्नसमेत उब्जाएको थियो । तर पछिल्लो समय नेपाल राष्ट्र बैंकले जारी गर्ने ट्रेजरी बिलको ब्याज केही घटेको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको ९१ र १८२ दिने ट्रेजरी बिलको ब्याज दर १२ प्रतिशतभन्दा तल आएको हो । राष्ट्र बैंकले दिएको जानकारी अनुसार सोमबार जारी भएको ९१ दिनको ट्रेजरी बिलको दर ११.८० प्रतिशत कायम भएको छ भने १८२ दिनको ट्रेजरी बिलको अधिकतम दर १०.९९ प्रतिशत कायम भएको छ । अघिल्लो साता नेपाल राष्ट्र बैंकले जारी गरेको ९१ दिनको ट्रेजरी बिलको ब्याज १३.९९ कायम हुँदा एक बाणिज्य बैंकले १७ प्रतिशतसम्म बिड गरेको थियो  ।

राष्ट्र बैंकले १० अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्दा कायम भएको ब्याज तल झरेको हो । राष्ट्र बैंकका अनुसार बैंकहरुले  कुल १६ अर्बको लागि आफ्नो दररेटसहित दाबी गरेका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK