×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘बैंकिङ क्षेत्र कालोधनलाई सेतो बनाउने माध्यम बन्यो’ -अधिकारी

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ क्षेत्र कालो धनलाई सेतो बनाउने माध्यम बनेको बताएका छन् । बुधबार सिंह दरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै गर्भनर अधिकारीले यस्तो बताएका हुन् । गभर्नर अधिकारीका अनुसार पछिल्लो समय धेरैले बैंकिङ क्षेत्रलई कालोधन सुद्धिकरणको माध्यमका रुपमा प्रयोग गर्दै आएका छन् ।

बैठकमा भाग लिँदै गभर्नर अधिकारीले सम्पत्ति शुद्धीकरणका लागि आवश्यक कानुन निर्माणमा अब ढिलाई गर्न नहुने बताएका छन् । ‘अहिले विभिन्न क्षेत्रमा सम्पत्ति शुद्धिकरण सम्बन्धी जोखिम देखिँदै आएको छ । बैंकिङ क्षेत्रलाई धेरैले कालोधनलाई सेतो बनाउने माध्यमका रुपमा प्रयोग गरे, यसकारण पनि राष्ट्र बैंकले कडाई गरेको हो ।’ गभर्नर अधिकारीले भने -‘सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित ऐनमा संशोधन गरी यसको प्रभावकारिता बढाउन ढिलाई गर्न हुँदैन ।’ पछिल्लो समय बैंकिङ क्षेत्रमा डिजिटल पेमेन्ट बढ्दै गएको र असारमा मात्रै ४२ लाख वटा कारोवार भएको बताउँदै अधिकारीले यस क्षेत्रलाई थप नियमन गर्दै अघि बढ्ने बताएका छन् ।

गभर्नर अधिकारीले देश भ्रष्टाचार र हुण्डी कारोबारको जोखिममा रहेको समेत बताएका छन् । गभर्नर अधिकारीले सन् २०१० लाई सम्झिदै भने -‘नेपाल सम्पत्ति शुद्धिकरणको रेड जोनमा पर्दा अमेरिकाको बैंकले युएनको बैंकको खाता बन्द गरिदियो । त्यसबेला बैंक खोज्दै हिंडेको नेपालले कमजोर मुलुकको बैंकमा खाता खोलेर काम चलाएको थियो । अहिले पनि त्यो स्थिति नआउला भन्न सकिदैन ।

गभर्नर अधिकारीले राष्ट्र बैंकले सम्पत्ति शुद्धिकरणको विषयमा निजी क्षेत्रसँग पनि नजिकमा रहेर काम गर्न चाहेको बताए । ‘निजी क्षेत्रले बनाएको प्लेटफर्म प्रयोग गरेर सबैलाई हुने साझा धारणा बनाउन सकिदैन’, उनले भने, ‘राष्ट्रिय परिचय पत्रको अवधारणले सम्पत्ति शुद्धिकरणको काम गर्न अझ सजिलो बनाउँछ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: