×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बंगलादेशमा पेट्रोलको मूल्य एकैपटक ५१.७ प्रतिशतले बढ्दा महंगीको मारमा जनता, पेट्रोल पम्पमा सन्नाटा ! (फोटो-कथा)

ढाका । बंगलादेशमा इन्धनको मूल्य एकैपटक ५० प्रतिशतले बढ्दा जनताहरु मारमा परेका छन् । सरकारले  शुक्रबार पेट्रोल र डिजेलको मूल्यमा भारी बढोत्तरी गरेपछि त्यहाँका जनताहरु मारमा परेका हुन् । शुक्रबार पेट्रोलियम पद्धार्थमा भएको मूल्यवृद्धिसँगै शनिबार नै दैनिक उपभोग्य समानहरुको मूल्य पनि बढाउन थालिएको छ ।  इन्धनको भाउ बढेसँगै अन्य थुप्रै चीजको भाउ पनि बढेको छ । रुस–युक्रेनबीच जारी युद्धका कारण कच्चा तेलको आपूर्तिमा समस्या देखिएको छ । यसैकारण बंगलादेशमा सरकारले तेलको भाउ बढाएको हो ।
बंगलादेशमा मूल्यवृद्धि भएसँगै कतिपय ठाउँमा यसको विरोधसमेत भएको छ । देशका विभिन्न स्थानहरुमा पेट्रोलियम पद्धार्थको भाउ बढाइएको भन्दै प्रदर्शनसमेत भएको छ । आइतबारसम्म आइपुग्दा प्रदर्शन मत्थर भएको त छ, तर बंगलादेशी जनताहरु महंगीको मारमा परिने भईयो भनेर चिन्तामा छन् । अझ बंगलादेशको   ऊर्जा मन्त्रालयले तेलको मूल्यवृद्धि रोक्न नसकिने र बंगलादेश पेट्रोलियम कर्पोरेसनले ६ महिनामा ८ अर्ब रुपैयाँ घाटा व्यहोरेका कारण इन्धनको भाउ बढाउनुको विकल्प नरहेको बताएपछि बंगलादेशका जनताहरु थप चिन्तित बनेका छन् ।  बंगलादेशको  अर्थतन्त्रको साइज करिब ४१६ अर्ब डलरको छ भने बंगलादेश विश्वका अन्य देशको तुलनामा उग्र आर्थिक बिकास गर्ने देशमा पर्दछ ।
बंगलादेशमा पनि नेपालमाझैँ पेट्रोलियम पद्धार्थको मूल्य बढाएको भन्दै विपक्षी दलले सरकारको चर्को आलोचना गरेका छन् । उनीहरुले मूल्यवृद्धिले बंगलादेशको अर्थतन्त्रमा थप असर पर्ने भन्दै तत्काल मूल्यवृद्धि फिर्ता लिन सरकारलाई आग्रह गरेको छ ।

यता निरन्तर खस्किएको बंगलादेशको मुद्राको भाऊ र बढ्दो महंगीका कारण देशभर महंगी बढेको छ ।

फोटो : अर्थ सरोकारकर्मी भुवन भण्डारी / बंगलादेश
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: