×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशियाको पैसा जम्मा गर्ने मेशिनबारे Ground Zero : मेशिन प्रयोग गरेपछि के भन्छन् ग्राहक ? कतिको सहज छ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एनआईसी एशियाको पैसा जम्मा गर्ने मेशिनबारे Ground Zero : मेशिन प्रयोग गरेपछि के भन्छन् ग्राहक ? कतिको सहज छ ?

Artha Sarokar

१६ श्रावण २०७९, सोमबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । एनआईसी एशिया बैंकले पैसा जम्मा गर्ने मेसिन प्रयोगमा ल्याएको छ । केहि न केहि नयाँ गरिरहने, र नयाँ प्रविधि भित्र्याईहाल्ने बानी परेको बैंकले ल्याएको यो प्रविधि कतिको सहज छ त ? यो मेशिनले कसरी काम गर्छ ? हामी यस विषयमा बुझ्न यो मेशिन राखिएको बैंकको बिशालबजार साखासम्म पुगेका छौँ । बैंकले ल्याएको उक्त ‘क्यास डिपोजिट मेसिन’बाट अब ग्राहकले सहजै रुपमा नगद जम्मा गर्न सक्ने भएका छन् । सो मेसिनको प्रयोगसँगै अब नगद जम्मा गर्नकै लागि झन्झटिलो लाईन बस्नुपर्ने बाध्यताको अन्त्य त भएको छ नै, डिपोजिट भौचर भर्नुपर्ने बाध्यतासमेत यो मेशिनले हटाईदिएको रहेछ ।

कसरी गर्ने मेसिनको प्रयोग ?
एनआईसी एशिया बैंकले ल्याएको ‘क्यास डिपोजिट मेसिन’बाट एक दिनमा १ हजार र ५०० का नोट गरी कुल ९९ हजार ५ सय नगद जम्मा गर्न सकिन्छ । मेसिन प्रयोग गर्दा सुरुमा ‘खातावाला हो वा होईन ?’ भन्ने विकल्प छान्नुपर्छ । खातावाला स्वयमले नगद जम्मा गर्नुपरेमा पहिलो चरणमा डिपोजिट गर्नुपर्ने खाता नम्बर मेसिनमा ‘इन्ट्री’ गर्नुपर्छ । त्यसलगत्तै सो मेसिनले खातावालाको नम्बरमा ‘ओटिपी कोर्ड’ पठाउँछ र सो कोर्ड मेसिनमा प्रविष्ट गरी प्रमाणित गर्नुपर्छ । मेसिनमा नगद जम्मा गर्नेले खाता नम्बर र खातावालाको नाम प्रमाणित गरेसँगै कति रकम जम्मा गर्ने हो ? सो रकम राख्नुहोस् भनि मेसिनले ‘कमाण्ड’ दिन्छ । सोही ‘कमाण्ड’का आधारमा पैसा राखेपछि मेसिनले प्रविष्ट गरेको रकम र दाखिला गरेको रकम भेरिफाई गर्छ ।

यदी अन्य व्यक्तिको खातामा रकम जम्मा गर्नुपरे पहिलो चरणमा मेसिनमा देखिने ‘नन एकाउन्ट’को विकल्प छान्नुपर्छ । त्यसपछि नगद जम्मा गर्नेले आफ्नो नाम र नम्बर मेसिनमा ‘इन्ट्री’ गर्नुपर्छ । त्यसपछि मेसिनमा ‘इन्ट्री’ गरिएको नम्बरमा मेसिनले ‘ओटिपी कोर्ड’ पठाउँछ । मेसिनमो सो कोर्ड प्रविष्ट गरेपछि नगद जम्मा गर्नुपर्ने खाता र खातावालाको नाम प्रमाणित गराई अघिल्लै तरिका अपाउनुपर्छ । यसरी सबै विवरण मिलिसकेपछि मेसिनमा दाखिला गरेको रकम सोझै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुन्छ । नगद खातामा जम्मा भएपछि बैंकले रकम जम्मा गरेको प्रमाण स्वरुप ‘रिसिप्ट’ उपलब्ध गराउँछ ।

के भन्छन् सेवाग्राही ?
एनआईसी एशिया बैंकले सुरु गरेको ‘क्यास डिपोजिट मेसिन’को सेवा अधिकांश सेवाग्राहीको रोजाईमा परेको छ । नगद जम्मा गर्नकै लागि बैंकसम्म पुगेका सेवाग्राही मेसिनबाटै पैसा जम्मा गर्न पाएपछि खुसी छन् । नगद जम्मा गर्नकै लागि बैंकको बिशालबजार शाखामा पुगेका बिजय गजुरेलले बैंकले ल्याएको नविनतम सुविधा ग्राहकको सुविधामा उत्कृष्ट भएको बताएका छन् । ‘यो एकदमै सजिलो पनि छ, समयको बचत पनि हुने भएको छ । नगद जम्मा गर्नुपर्दा हिजोका दिनमा टोकन नै लिएपनि लामो समय कुर्नुपथ्र्यो तर अहिले त्यो बाध्यता हटेको छ ।’, उनले भने, ‘केही सेवाग्राहीहरु अर्जेन्ट नगद जम्मा गर्नुपर्ने अवस्थामा बैंकमा पुगेका हुन्छन् । त्यस्तो परिस्थितिमा यो मेसिन साह्रै उपलब्धिमुलक हुन्छ ।’ एनआईसी एशियाको यो सेवा सबैभन्दा सर्वोत्कृष्ट भएको बताउँदै ग्राहकमुखी सुविधा विस्तार गरेकोमा बैंकलाई धन्यवाद समेत दिएका छन् ।

एनआईसी एशिया बैंकको बिशालबजार शाखामै पैसा जम्मा गर्न पुगेका अर्का सेवाग्राही दल बहादुर चौलागाईले पनि ‘क्यास डिपोजिट मेसिन’ अत्यन्तै सहज र ग्राहकका लागि उपयुक्त भएको बताएका छन् । ‘हिजोका दिनमा पैसा जम्मा गर्नकै लागि लाईनमा बस्नुपथ्र्यो । अब त मेसिनबाटै फ्याट्टै पैसा खातामा जम्मा गर्न सकिने भयो, साह्रै सजिलो भएको छ । बैंकको यो सुविधा तारिफयोग्य छ ।’ उनले भने ।

नगद जम्मा अव सिधै मेशिनबाट
एनआईसी एशिया बैंकले नगद जम्मा गर्ने ग्राहकहरुलाई ध्यानमा राख्दै ‘क्यास डिपोजिट मेसिन’ ल्याएपछि बैंकमा रकम जम्मा गर्नकै लागि टोकन लिएर बस्नेहरुको संख्या घटेको छ । पैसा जम्मा गर्नका लागि भौचर पनि भर्नु नपर्ने र पर्खाइपनि गर्नु नपर्ने भएपछि अहिले सेवाग्राहीहरु खुसी मात्र छैनन्, बरु बैंकमा देखिने भिड पनि निरन्तर घट्दो छ । ‘लाईनमा बस्ने अधिकांश सेवाग्राही नगद जम्मा गर्नकै लागि आउने भएकाले पनि मेसिनको प्रयोगले सो चाप घटेको छ, ग्राहकले सहजता महसुस गर्नुभएको छ’, बैंकको बिशालनगर शाखाका शाखा प्रबन्धक निर्भिक सापकोटाले अर्थ सरोकारसँग भने, ‘पैसा जम्मा गर्ने मेसिनप्रति सेवाग्राहीको प्रतिक्रिया पनि सकरात्मक नै छ । बैंकमा पैसा जम्मा गर्न आउने सेवाग्राही खुबै चासोका साथमा मेसिनबाटै पैसा जम्मा गर्छन् ।’

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी