×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चुनावमा उठ्दै ‘सेयर बजारका हिरो’ हरि ढकाल, ‘लाखौँ लगानीकर्ताको नैतिक समर्थन’, चितवनबासीले जिताउलान् ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार

PRIME CA
laxmi sunrise bank

चुनावमा उठ्दै ‘सेयर बजारका हिरो’ हरि ढकाल, ‘लाखौँ लगानीकर्ताको नैतिक समर्थन’, चितवनबासीले जिताउलान् ?

काठमाडौं । नेपाली सेयर बजारमा ‘सेयर बजारका हिरो’ लगानीकर्ताका रुपमा परिचित हरि ढकालले आशन्न निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेका छन् । सरकारले निर्वाचनको मिति घोषणा गरेकै दिन उनले आउँदो निर्वाचनमा आफ्नो उम्मेद्वारी रहने घोषणा गरेका हुन् । उनी लामो समय नेपाली सेयर बजारको समृद्धिका लागि लडेका अभियानता पनि हुन् ।

नेप्सेको अनलाइन सिष्टम छिटो ल्याउन, सेयर बजारका समस्याहरु समाधानका लागि पहल गर्न उनी लामो समयदेखि लड्दै आएका छन् । सेयर बजारको समृद्धिका लागि निरन्तर लडेका उनलाई यहि कारण धेरै लगानीकर्ताले ‘साँचो अर्थमा हाम्रो नेता’ भन्ने गरेका छन् ।

ढकाल संघीय निर्वाचनमा पूर्वी चितवन क्षेत्र नं. १ बाट चुनाव लड्दैछन् ।

यस्तै सेयर बजारका अन्य केहि पात्रहरु पनि आशन्न चुनावमा उम्मेद्वारी दिंदैछन् । नेपाल पूँजीबजार लगानीकर्ता संघकि अध्यक्ष राधा पोखरेल, सेयर लगानीकर्ता एवम् सेयर बजारको समृद्धिका लागि अनशन बसेका अर्का पात्र तिलक कोइराला लग्गायत पनि आशन्न चुनावमा उम्मेद्वारी दिंदैछन् । यस्तै सेयर बजारका अर्का पात्र दिपेन्द्र अग्रवाल पनि चुनावमा लड्ने बुझिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: