×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बदमासी’ गर्ने हिमाल दोलखा हाइड्रोपावरको सेयर कारोबार फुकुवा, पुनः बुक क्लोज मिति तोक्न नेप्सेको निर्देशन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘बदमासी’ गर्ने हिमाल दोलखा हाइड्रोपावरको सेयर कारोबार फुकुवा, पुनः बुक क्लोज मिति तोक्न नेप्सेको निर्देशन

Artha Sarokar

१७ श्रावण २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयर कारोबार मंगलबार (साउन १७ गते) देखि फुकुवा भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पुनः सेयर दाखिला खारेज मिति तोकेर पठाउन निर्देशन दिँदै कम्पनीको सेयर कारोबार फुकुवा गरेको हो ।

कम्पनीले साउन १३ गते बजारमा सेयर कारोबार भइरहेको समयमा बोर्ड बैठक गरेको र बुकक्लोज दिन भन्दा ७ दिन अघि नै सूचना दिनु पर्नेमा त्यो समेत नदिएकोले कम्पनीलाई स्पष्टिकरण सोधि नेप्सेले कारोबार बन्द गरेको थियो ।

कम्पनीले शुक्रबार बिहान ११ बजे बोर्ड बैठक राखि ७५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । सो प्रस्ताव पारित गर्न कम्पनीले भदौ ३ गते साधारण सभा गर्ने निर्णय समेत गरेको थियो ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी