काठमाडौँ । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयर कारोबार मंगलबार (साउन १७ गते) देखि फुकुवा भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पुनः सेयर दाखिला खारेज मिति तोकेर पठाउन निर्देशन दिँदै कम्पनीको सेयर कारोबार फुकुवा गरेको हो ।
कम्पनीले साउन १३ गते बजारमा सेयर कारोबार भइरहेको समयमा बोर्ड बैठक गरेको र बुकक्लोज दिन भन्दा ७ दिन अघि नै सूचना दिनु पर्नेमा त्यो समेत नदिएकोले कम्पनीलाई स्पष्टिकरण सोधि नेप्सेले कारोबार बन्द गरेको थियो ।
कम्पनीले शुक्रबार बिहान ११ बजे बोर्ड बैठक राखि ७५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । सो प्रस्ताव पारित गर्न कम्पनीले भदौ ३ गते साधारण सभा गर्ने निर्णय समेत गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्