काठमाडौं । हिमालयन बैंकले भदौ १५ गतेबाट २५ लाख इकाई ऋणपत्र खुला गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको हो । बैंकले खुला गरेको कुल १ अर्ब १० करोड ऋणपत्रमा सर्वसाधारणले १० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् भने १५ लाख इकाई ऋणपत्र व्यक्तिगत तवरबाट लिन सकिनेछ । यसबाट सामूहिक लगानी कोषलाई ५५ छुट्याएको छ ।
सोही अनुसार सामूहिक लागानी कोषहरुले कुल ५० हजार इकाई पाउनेछन् । यस ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइनेछ । ऋणपत्रमा न्यूनतम २५ इकाईदेखि अधिकतम २ लाख ५० इकाईसम्म आवेदन दिन सकिनेछ । बैंकले ७ वर्ष अवधिको ‘हिमालयन बैंक फण्ड २०८६’ नाममा ऋणपत्र जारी गरेको हो । बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडले गर्नेछ ।
बैंकले खुला गरेको ऋणपत्रका लागि छिटोमा भदौ १९ गते सम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने भदौ २९ गतेसम्म भर्न सकिनेछ । यसमा सी-आश्वमा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्