काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर सुचिकृत भएको छ । साविकको हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स मर्ज भई बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्सको २ करोड २३ लाख ९९ हजार ३ सय ६७ कित्ता सेयर सुचिकृत भएको हो ।
कम्पनीको HEI सिम्बल बाट कारोबार हुने छ । कम्पनीको पहिलो कारोबार ५१० रुपैयाँ ४८ पैसामा हुने कम्पनीले जनाएको छ । साविकको हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स मर्ज भई साउन १ गतेबाट हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार भएको हो ।
१००:८५ को स्वापमा २ कम्पनी मर्ज भएका हुन् । जस अनुसार एभरेष्ट इन्सोरेन्स कम्पनी लि.को १०० कित्ता सेयर बराबर हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लि. को ८५ कित्ता (१:०.८५) सेयर पाउने छन् । दुवै कम्पनीले बैशाख २३ गते एक आपसमा मर्जमा जाने सम्झौतामा हस्ताक्षर गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्