×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आईएमई लाइफ इन्स्योरेन्सद्वारा एकैदिन ५ हजार ८ सय ४८ विद्यार्थीलाई बीमा साक्षरता

काठमाडौं । बीमा क्षेत्रमा साक्षरता बढाउने उद्देश्यका साथ आईएमई लाइफ इन्स्योरेन्सले आइतबार सातवटै प्रदेशका शैक्षिक प्रतिष्ठानहरुमा बीमा साक्षरता जागरण अभियान सम्पन्न गरेको छ । आईएमई लाइफ इन्स्योरेन्सको स्थापनाको पाँचौं वर्ष पुरा गरेको अवसरमा मुलुकभर बीमा साक्षरता जागरण अभियान गरिएको हो ।

आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बीमा क्षेत्रको समग्र विकास एवम् विस्तारकोलागि विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी बीमा साक्षरता जागरण अभियान सञ्चालन गरिएको जानकारी दिए । नेपालको बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिको उद्देश्यलाई आत्मसात गर्दै बीमा साक्षरता जागरण अभियान गरिएको कम्पनीले जनाएको छ ।

मुलुकभर गरिएको बीमा साक्षरता जागरण कार्यक्रममा ५ हजार भन्दा बढी विद्यार्थी सहभागी रहेका थिए । ६० भन्दा बढी विद्यालय एवम् क्याम्पसमा जनचेतना प्रवाह गरेको कम्पनील जनाएको छ । बीमा कम्पनीले एकैदिन ५ हजार ८ सय ४८ भन्दा बढी विद्यार्थीलाई बीमा सम्बन्धी जनचेतना प्रवाह गरेको सम्भवतः यो पहिलो पटक हो ।

कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्यका अनुसार, विद्यार्थीहरुलाई बीमा सम्बन्धी प्रचलित ऐनका साथै बीमाको महत्व र राष्ट्र विकासमा बीमाको महत्वपूर्ण भूमिकाको विषयमा जानकारी दिइएको थियो । आई.एम.ई लाइफ इन्स्योरेन्सले पाँचौ वर्ष पुरा गरेको अवसरमा एकै दिनमा ७ सय ४८ जनालाई बीमा अभिकर्ता तालिम, ५ सय ७१ जनाबाट वृहत रक्तदान तथा सातै प्रदेशमा १ हजार ३ सय ०२ जना लाभान्वित हुनेगरी स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरिसकेको दाबी गरेको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: