Skip to content
LAXMI SUNRISE BANK

अव बीमा अभिकर्ता बन्न परिक्षा दिनुपर्ने !

अर्थ सरोकार

काठमाडौं । बीमा कम्पनीहरुले अभिकर्ता इजाजत पत्रका लागि परिक्षा दिनुपर्ने भएको छ । तालिम संचालन नगरी कम्पनीहरुले जथाभावी रुपमा इजाजत पत्र लिएको गुनासो बढ्न थालेपछि बीमा समितिले इजाजत पत्रका लागि परिक्षा लिने भएको हो ।

बीमा समितिको निर्देशिका अनुसार अब अभिकर्ताले इजाजतपत्रका लागि परिक्षा दिनुपर्नेछ । नवप्रवेशीहरुलाई तालिममा सहभागी नै नगराई इजाजत पत्रका लागि समितिमा सिफारिस गर्ने बढेपछि बीमा समितिले यस्तो निर्णय गरेको हो । यसबाट बीमा क्षेत्रमा देखिंदै आएको विकृति घट्ने विश्वास समितिले गरेको छ ।

‘बीमा समितिमा अभिकर्ता इजाजत पत्रका लागी सिफारिस गर्नुअघि बीमा कम्पनीले बीमा अभिकर्ताका लागी तीन दिने तालिम सञ्चालन गर्नुपर्छ ।’ –अभिकर्ता तालिम निर्देशिका २०७२ को खण्ड नम्बर ३ मा उल्लेख गरिएको छ ।

तालिमपछि कम्पनीले पेश गरेको सिफारिस र कागजपत्रको आधारमा बीमा समितिले इजाजत पत्र जारी गर्छ । तर पछिल्ला दिनमा यस्तो नभएको र तालिमबिनै इजाजत पत्र लिनेको संख्या बढेपछि नियन्त्रणका लागि यस्तो कदम चालेको बीमा समितिका एक अधिकारीले बताएका छन् ।

नवप्रवेशी अभिकर्ताले इजाजत पत्रका लागी विद्युतीय माध्यमबाट परीक्षा दिन सक्नेछन्, त्यसका लागि आवश्यक तयारी थालिसकेको बीमा समितिले जनाएको छ ।

‘इजाजत पत्र जारी गर्ने सम्बन्धमा समितीले ल्याउन लागेको प्रावधानमा नयाँ अभिकर्ताले ३ दिने तालिममा सहभागी भएपछि लाइसेन्सका लागी परिक्षामा सहभागी हुन पाउनेछन्’, समितिका एक अधिकारीले भने, ‘यस्तो प्रावधानले बीमा क्षेत्रमा आईपर्न सक्ने विपत्ती रोक्नुका साथै कम्पनीको अनैतिक कामलाई निरुत्साहित गर्न थप बल पुग्नेछ ।’

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK