काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आफु लगानीकर्ताका पक्षमा काम गरिरहने बताएका छन् । अर्थ सरोकारको नियमित टेलिभिजन कार्यक्रम मार्केट टकमा बोल्दै उनले लगानीकर्ताका पक्षमा आफु अहोरात्र खटिरहेको बताउँदै नतिजा आउनेगरी काम गर्ने दाबी गरेका छन् ।
ब्रोकर लाइसेन्स सम्बन्धि मस्यौदा खारेज भएको चर्चा चलिरहेका बेला उनले सो मस्यौदा खारेज नभएको र मन्त्रीपरिषदले सो मस्यौदा पास गर्नेसमेत दाबी गरेका छन् । ‘लाखौं लगानीकर्ताको हितमा गरिएको निर्णय पास नहुने कुरै छैन । सो मस्यौदा पास हुन्छ।’ उनले अन्तर्वार्ताका क्रममा भनेका छन् ।
सिमित मान्छेलाई लाइसेन्स दिनेगरी मुम्बाईमा ब्यापारीसँग डिल भएको भन्ने चर्चा आफ्नो चरित्रहत्याका लागि चलाइएको गलत हल्ला भएको दाबी गर्दै उनले आफु कुनै पनि समूहका पक्षमा नभई लगानीकर्ताको हितका लागि रहेको दाबीसमेत गरेका छन् ।
कार्यक्रममा उनीसँग हामीले मर्जर र प्राप्तिका नाममा लगानीकर्ताको सम्पति बन्धक भईरहेकाले यस्तो प्रावधान कहिले हट्छ भनीसमेत प्रश्न गरेका थियौँ । जवाफमा उनले यस्तो बाध्यता दशैंअघि नै हट्ने दाबीसमेत गरेका छन् ।उनीसँग हामीले समसामयिक अन्य विषयमासमेत कुराकानी गरेका छौँ । प्रस्तुत छ अर्थ सरोकारकर्मी सुरज प्याकुरेलले धितोपत्र बोर्डका अध्यक्षसँग गरेको यो भिडियो अन्तर्वार्ता :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्