×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि बिकास बैंकको ४ करोड घोटाला प्रकरण : टेलर दीपिका रेग्मी र पुर्वजर्नेल रमेशराज विष्ट दोषी ठहर !

PRIME CA

कृषि बिकास बैंकको ४ करोड घोटाला प्रकरण : टेलर दीपिका रेग्मी र पुर्वजर्नेल रमेशराज विष्ट दोषी ठहर !

९ भाद्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडको ४ करोड घोटला प्रकरणमा अदालतले दुई जनालाई दोषी ठहर गरेको छ । तीन वर्षअघि बैंकको न्युरोड शाखामा भएको रकम अनियमितता प्प्रकरणमा सोही शाखाकी तत्कालीन टेलर दीपिका रेग्मी र पूर्व जर्नेल रमेशराज विष्टलाई विशेष अदालतले दोषी ठहर गरेको हो । रेग्मीले बैंकको ४ करोड बढी रकम अपचलन गरेको अदालतको ठहर छ भने विष्टलाई मतियारका रुपमा दोषी देखाइएको छ ।
विषेश अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार यो प्रकरणमा सजाय निर्धारणका लागि वादी र प्रतिवादीका कानुन व्यवसायीबाट प्रतिवेदन माग गरिएको छ । अबको १५ दिनभित्र उक्त प्रतिवेदन पेस भएपछि उनीहरू दुवैलाई सजाय तोकिने उनको भनाई छ । फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १२ मा भएको व्यवस्था अनुसारको प्रक्रिया अगाडी बढेको उनको भनाई छ ।
सो मुद्धामा विपक्षी बनाईएका तत्कालीन शाखा प्रबन्धक प्रेमहरि ढुंगेल, ऋण शाखा प्रमुख गोपाल गिरी, तत्कालीन ऋण अधिकृत अवकाशप्राप्त सलिल रेग्मी, ऋण शाखा प्रमुख महेश्वर मरहट्ठाले भने सफाई पाएका छन् । त्यस्तै, तारनाथ पाण्डे र दुर्गा ज्वेलर्सका सञ्चालक प्रकाश घतानीलाई पनि आदालतले सफाई दिएको छ ।
तीन वर्षअघि भएको थियो ४ करोड घोटाला
कृषि विकास बैंक न्युरोड शाखाकी सहायक टेलर नागार्जुन–१ की ३२ वर्षीया दीपिका रेग्मी ४ करोड ९१ लाख रकम हिनामिना मुद्दामा समातिएकि थिइन् । उनको करिब ३३ लाख रुपैयाँ सेनाका सहायक रथी डा रमेश विष्टको बैंक खातामा भेटिएको थियो ।  सहायक रथी डा. विष्टलाईलाई रेग्मीले मामा भनेर बोलाउने गरे पनि खासमा उनीहरु प्रेमी-प्रेमीका थिए।  अवैध रुपमा बैंकबाट निकालेको रकममध्ये दीपिकाले २ करोड ६७ लाख रुपैयाँ बराबरको गहना किनेकी थिईन् । सोही समयमा प्रहरीले उनको बैंकको लकरबाट एक सय ७० तोला सुन बरामद गरेको थियो । अनुसन्धानका क्रममा प्रहरीले  गरेको सो रकम दीपिकाले गहना किनेर र विदेश घुमेर सिध्याएको निश्कर्ष निकालेको थियो ।  अहिले अदालतले उनीहरुलाई दोषी देखाएको छ भने बाँकी सबैलाई सफाई दिएको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: