×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लगानीकर्ताका संगठनहरु एक हुन किन मान्दैनन् ? महासंघ बनाउने अभियानमा ‘असहयोग’ किन ? (भिडियो विश्लेषण)

काठमाडौँ । नेपालमा लगानीकर्ताका संगठनका नाममा गफ धेरै भए तर काम निकै कम भए भन्ने निष्कर्षका साथ लगानीकर्ता तिलक कोइरालाको अगुवाईमा सबै लगानीकर्ता संगठनलाई एक बनाउने अभियान सुरु गरियो । ओं अभियान अन्तर्गत गत शुक्रबार काठमाडौँमा एक विशेष भेला भनेर डाकियो पनि । तर सो भेलामा रोहन कार्की बाहेकका कुनै पनि लगानीकर्ताका संगठनका नेता उपस्थित भएनन्।

सबैभन्दा पूरानो र ठुला लगानीकर्ताको हितमा काम गर्ने संगठनका रुपमा परिचित नेपाल इन्भेष्टर्स फोरमका कोहि पनि प्रतिनिधि त्यहाँ उपस्थित थिएनन् । सो कार्यक्रममा सेयर लगानीकर्ता संघ नेपालका केहि पूर्व पदाधिकारी आएपनि अहिलेका पदाधिकारीहरु कोहि पनि आएनन् । पछिल्लो समय धेरै लगानीकर्ताको पक्षमा काम गरेको भन्दै ‘एक्टिभ’ संगठनका रुपमा परिचित नेपाल पूँजीबजार लगानीकर्ता संघको तर्फबाट आधिकारिक रुपमा प्रतिनिधित्व गर्न सो कार्यक्रममा कोहि पनि आएनन् ।

अर्को नेपाल पूँजीबजार संघ नामक लगानीकर्ताको सानो समूह लामो समयदेखि बजारबाट नै ‘गायब’ छ । लगानीकर्ताको हितमा विभिन्न माग राख्दै धितोपत्र बोर्डमा अनशनजस्तो गम्भीर प्रकृतिको आन्दोलनका समयमासमेत गुमनाम भएको सो संगठन सो भेलामा आउने कुरै भएन । रोहन कार्कीलाई बर्खास्त गरेको विज्ञाप्ति नै निकाल्ने संगठन पनि सो कार्यक्रममा उपस्थित थिएन । काठमाडौँका मात्र होइन मोफसलमा खुलेका केहि संगठनका प्रतिनिधिहरु पनि सो कार्यक्रममा उपस्थित थिएनन् ।

अपेक्षा गरिएअनुसार लगानीकर्ताका नेता पनि त्यहाँ नआएपछि अहिले बहस छेडिएको छ- ‘आखिर लगानीकर्ता संगठनहरु एक हुन किन मान्दैनन् ?’ यहि बहस आजको अर्थ सरोकार ट्रेण्डिङमा प्रस्तुत गरेका छौँ ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: