×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘लगानीकर्ताका संगठनहरु एक हौँ’ भनी गरिएको भेलामा कसले के भने ? हेर्नुहोस् Exclusive भिडियो

काठमाडौँ । सबै लगानीकर्ताका संगठन एक हुनुपर्ने भन्दै काठमाडौँमा एक विशेष भेलाको आयोजना गरिएको छ ।स्वतन्त्र पूँजीबजार सुधार संघ नामक संगठनका अध्यक्ष रोहन कार्की बाहेक अन्य कुनै पनि संगठनका अध्यक्षको उपस्थिति नभएपनि भेलामा लगानीकर्ताहरुको भने उल्लेख्य उपस्थिति थियो । सो भेलाले सबै संघलाई एक बनाउनेगरी लगानीकर्ता एकता समिति घोषणासमेत गरेको छ । सो समितिमा ५२ जना सदस्यहरु छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै लगानीकर्ता सुबासचन्द्र भट्टराईले लगानीकर्ताको कार्यक्रम भएकाले आफु त्यहाँ उपस्थित भएको र सबै लगानीकर्ता संगठन एक हुनुपर्ने अभिव्यक्ति उनले कार्यक्रममा दिएका थिए । सेयर बजारमा सबैलाई बजारका भित्री कुराको समेत जानकारी दिनुपर्ने र बजार बलियो बनाउन सबै संगठन एक हुनुपर्ने उनको भनाई थियो । सेयर बजारको समृद्धिका लागि सबै मिलेर काम गर्नुपर्ने भएकाले सरकारी निकायले पनि सेयर बजारका बारेमा सकारात्मक भएर काम गर्नुपर्ने र लगानीकर्तालाई पनि सेयर शिक्षा दिनुपर्नेतर्फ उनले जोड दिए ।

सम्बोधनकै क्रममा स्वतन्त्र पूँजीबजार सुधार संघका अध्यक्ष रोहन कार्कीले सबै संगठनहरु एक हुनुको विकल्प नभएको बताएका छन् । सबै मिलेर बन्ने महासंघमा आफुलाई पद नचाहिने बताउँदै उनले सबै मिलेर लगानीकर्ताका हितमा काम गर्नुपर्ने बताएका छन् । ‘मलाई पद चाहिन्न । तर सबै संगठनहरु एक हुनुको विकल्प छैन।’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने -‘यहाँ अरु संगठनका साथीहरु नआएको देख्दा अचम्मित भएको छु ।’

कार्यक्रममा बोल्दै लगानीकर्ता मुक्ति अर्याल, तिलक कोइराला लगायतले पनि अव सबै लगानीकर्ताका संगठनहरु एक हुनुको विकल्प नरहेको बताएका छन् । लगानीकर्ताहरुको सो भेलालाई सम्बोधन गर्दै उनीहरुले लगानीकर्ता संगठन धेरै भएकै कारण लगानीकर्ताका मुद्धा बलियो नबनेको र सरकारले लगानीकर्ताका समस्याहरुलाई नजरअन्दाज गरेकोसमेत गुनासो पोखेका छन् ।

कसले के भने ? बाँकी भिडियोमा हेर्नुहोस् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: