×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

मन्दाकिनी हाइड्रोपावरको आइपीओ बाँडफाँट, १ लाख ९ हजार ३७४ जनाले बजाए ताली, बाँकीको हात खाली !

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको आइपीओ बाँडफाँट भएको छ । कम्पनीको उक्त आईपीओ साउन १७ गते मंगलबार गोलाप्रथामार्फत बाँडफाँट भएको भएको हो । कम्पनीको उक्त आईपीओ १ लाख ९ हजार ३७४ जना सर्वसाधारण लगानीकर्ताहरुले हात पारेका छन् । जसमध्ये ९ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर हात पारेका हुन् । उक्त आइपीओमा १५ लाख ४७ हजार ९४९ जनाले आवेदन दिएका थिए । जसमध्ये १ हजार ६६५ जनाको आवेदन रद्द भएको छ ।

कम्पनीले साउन ९ गतेबाट १२ गतेसम्म ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको आइपीओ बिक्री गरेको थियो । जसमध्ये ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो भने बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणका लागि छुट्याइएको थियो ।

लगानीकर्ताले बीओके क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्ने भएका छन् । साथै मन्दाकिनी हाइड्रोपावरको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://cdsc.com.npबाट पनि रिजल्ट हेर्न सकिने भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: