काठमाडौं । मिटरब्याजले उठिबास् लाग्ने स्थिति आएको भन्दै १४ दिन धर्ना बसेका नवलपरासीका किसान एक महिनापछि पुनः धर्नामा देखिएका छन् । लामो समयको धर्नापछि समस्या समाधान हुने आवश्वासन पाएका उनीहरु एक महिना बित्दापनि केही सुनुवाई नभएपछि माइतीघरको सडकमा पुनः धर्ना बसेका छन् ।
चर्को ब्याजका कारण उठिबास् लाग्ने भयो भन्दै सरकार खोज्दै गत असारमा ५५ जना किसान नवलपरासीबाट काठमाडौंसम्म पुगेका थिए । कानुनी प्रक्रियामा सहयोग गर्ने आश्वासन दिँदै गृह मन्त्रालयले फर्काएपछि उनिहरु फर्किएका थिए । तर अझैपनि समस्या समाधान नभएको भन्दै किसानहरु पुनः काठमाडौं पुगेका छन् । उनीहरु भन्छन् –‘पहिलो पटकको धर्नापछि सरकारले केही गर्छ भन्दै हामी फिर्ता भउका थियौँ । तर केही नभएपछि हामी पुनः सहयोग माग्दै यहाँ पुगेका हौँ । त्यसबेलाको धर्नापछि हामीमध्ये केहीको मात्र समस्या समाधान भयो तर धेरैको अवस्था उस्तै छ । या त सरकारले सहयोग गर्नुपर्छ, होईन भने हामीलाई यो देशका नागरिक होईनौ भनेर भन्न सक्नुपर्छ ।’
नवलपरासीमा मिटर ब्याजबाट पीडितको संख्या दुई हजार भन्दा बढी रहेको ब्याज पीडित तथा ठगीविरुद्धको संघर्ष समितिका अध्यक्ष रामसुरत गुप्ता साहुकारले बताएका छन् । मिटर ब्याजको चपेटामा परेका किसानलाई भूमिहीन हुनबाट सरकारले जोगाउनुपर्ने उनको भनाई छ । ‘अहिलेको अवस्थमा अधिकांश किसानहरुको जग्गा–जमिन साहूकारहरुले हडपिसके । पावर भएपछि कानुन पनि साहूकै पक्षमा छ । हाम्रो उठिबास हुनबाट अब सरकारले जोगाउनुपर्छ ।’ साहूको चर्को ब्याजको मारमा परेका नवलपरासीका किसान अहिले न्यायको माग गर्दै धर्ना दिईरहेको छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्