काठमाडौं । पछिल्लो केहि समय यता विवादित छवि बनाएको एनएमबि क्यापिटलले एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ नामक म्युचुअल फण्डको आवेदन मिति लम्बाएको छ । साउन २६ गते निष्काशन तथा बिक्री खुला गरेको सो म्युचुअल फण्डमा साह्रै कमको आवेदन परेपछि कम्पनीले आवेदन मिति लम्बाएको हो । कम्पनीले आवदेन दिने मिति भदौ ९ गतेसम्म सारेको छ ।
क्यापिटलले प्रति इकाई १० रुपैयाँ दरको १२ करोड इकाई निष्काशन गरेको थियो । सो अनुसार सर्वसाधरणले २० करोड २० लाख इकाईका लागि आवेदन दिन सक्ने कम्पनीले व्यवस्था गरेको थियो । निष्काशन गरिएको कुल इकाईमध्ये १४ प्रतिशत अर्थात १ करोड ८६ लाख इकाई कोष प्रबद्र्धक कम्पनी एनएमबि बैंक लिमिटेड तथा १ प्रतिशत इकाई अर्थात १२ लाख योजना व्यवस्थापक एनएमबि क्यापिटलका लागि छुट्याइएको छ ।
विभिन्न विवादमा मुछिएको एनएमबि क्यापिटलले जारी गरेको सो म्युचुअल फण्डमा लगानीकर्ताको सहभागिता न्युन भएपछि अहिले कम्पनीले आवदेनको मिति सारेको हो । यस योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिने व्यवस्था गरेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्