Skip to content
LAXMI SUNRISE BANK

नारायणी डेभलपमेन्ट बैंकले १०० % हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डसँग माग्यो अनुमति

अर्थ सरोकार

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले फेरि पनि १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति मागेको छ । बैंकले १ः१ अनुपातमा २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।

बैंकले प्रतिकित्ता १०० रुपैयाँका दरले हकप्रद बिक्री गर्ने अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । यसअघि पनि बैंकले लगातार दुई पटक शतप्रतिशत हकप्रद सेयर बिक्री गरिसकेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK