×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसेलको नेटवर्कमा गम्भिर समस्या, भएको के हो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एनसेलको नेटवर्कमा गम्भिर समस्या, भएको के हो ?

Artha Sarokar

१३ भाद्र २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सोमबार बिहानैदेखि नेटवर्क अवरुद्ध हुँदा एनसेलका प्रयोगकर्ता समस्यामा परेका छन् । बिहानैदेखि सेवा अवरोध हुँदा एनसेलको सिमकार्डबाट फोन नलाग्ने, इन्टरनेट नचल्ने र एसएमएससमेत नजाने समस्या देखिएको छ । यो सँगै एनसेलका लाखौँ प्रयोगकर्ता अहिले मर्कामा परेको गुनासो गरिरहेका छन् ।

निजी मोबाइल दूरसञ्चार कम्पनी एनसेलले सोमबार नेटवर्कमा आएको अवरोधका विषयमा कुनै जानकारी दिएको छैन । बिना जानकारी नेटवर्क अवरोध हुँदा प्रयोगकर्ताहरु अहिले विभिन्न सामाजिक सञ्जालमार्फत आक्रोश पोखिरहेका छन् ।

बिहानैदेखि एनसेलको सम्पुर्ण नेटवर्कमा अवरोध गरिएको छ । यसभन्दा अघि एनसेलले सिस्टममा समस्या आउँदा जानकारी गराउँदै आएको भएपनि सोमबार भने कुनै जानकारीबिनै सेवा अवरुद्ध भएको हो । यस विषयमा बुुझ्न प्रयास गर्दा निजी मोबाइल दूरसञ्चार कम्पनी एनसेलका कुनैपनि अधिकारी सम्पर्कमा आएका छैनन् ।

यसरी अघोषित रुपमा सेवा अवरोध गरेपछि एनसेलप्रतिको विश्वास घट्दै गएको एनसेल प्रयोगकर्ताहरुले बताएका छन् । ‘यो भन्दा अघि सिस्टममा कुनै पनि समस्या आए जानकारी हुन्थ्यो, सेवा अवरोध नै गर्नुपरे पनि आधिकारीक  रुपमा जानकारी आउँथ्यो र बन्द हुन्थ्यो’, एनसेलका एक ग्राहकले भने, ‘तर, बिहानैबाट भएको नेटवर्कको अवरोधको कुनै जानकारी पाएका छैनौँ । किन ? कसरी ? र के का लागि नेटकर्व अवरोध भयो ? केही थाहा छैन । यसले एनसेलमाथिको विश्वास घटाउँदै लगेको छ ।’

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी