×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाफा केहि बढेपनि नेपाल बैंकको लाभांश वितरण क्षमता घट्यो, ‘दुध कम दिने गाई जति मोटाए पनि के गर्नु…?’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नाफा केहि बढेपनि नेपाल बैंकको लाभांश वितरण क्षमता घट्यो, ‘दुध कम दिने गाई जति मोटाए पनि के गर्नु…?’

Artha Sarokar

२१ श्रावण २०७९, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल बैंक लिमिटेडको नाफा बढे पनि लाभांश क्षमता भने घटेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार नेपाल बैंक लिमिटेडले ३ अर्ब २६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक बर्षको तुलनामा १०.२९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष सोही अवधिमा बैंकले २ अर्ब ९६ करोड रुपैयाँ नाफा कमाएको थियो ।

बैंकले सार्वजनिक गरेको विवरणका अनुसार बैंंकको गतवर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा भने १ अर्ब ५४ करोड छ । बैंकको नाफा बढे पनि करिब ६१ करोड रुपैयाँ ‘रेगुलेटरी रिजर्भ’मा छुट्यानु पर्दा बैंकको वितरणयोग्य नाफा भने ५५ प्रतिशतले घटेको छ ।

समिक्षा अवधिसम्ममा बैंकमा १ खर्ब ९६ अर्ब रुपैयाँ निक्षेप तथा कर्जा १ खर्ब ७१ अर्ब रुपैयाँ छ । अघिल्लो वर्ष असार मसान्तमा १ खर्ब ६२ अर्ब थियो भने कर्जा १ खर्ब ३५ अर्ब थियो । बैंकले गत आर्थिक वर्षमा ब्याज आम्दानीबाट ६ अर्ब ८८ करोड रुपैयाँ कमाएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ६ अर्ब ४२ करोड रुपैयाँ थियो । बैंकको पुँजीकोष अनुपात १५.०४ प्रतिशत छ भने खराब कर्जा अनुपात १.९० प्रतिशत छ । यता बैंकको कर्जा निक्षेप अनुपात ८७.५७ प्रतिशत छ भने स्प्रेडदर ४.०८ प्रतिशत छ । बैंकको बेसरेट ७.९९ प्रतिशत छ । अघिल्लो वर्ष बैंकको बेसरेट ५.७३ प्रतिशत थियो ।

यता नाफा बढेपनि वितरणयोग्य नाफा घटेसँगै लाभांश क्षमता पनि घटेपछि सेयरधनीहरुले भने नेपाल बैंकलाई ‘मोटाएको तर दुध कम दिने गाई’को संज्ञा दिएका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी