×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘अवैध’ असुली गरेर ग्राहकमाथि नेपाल बैंकको लुट, यसरि छताछुल्ल भयो सीइओ साप’को झुट ! (प्रमाणसहित)

काठमाडौं । कहिले ग्राहकको पैसा खाताबाटै हराएको प्रकरण, त कहिले अनाधिकृत व्यक्तिलाई ग्राहकको लाखौँ रुपैयाँ भुक्तान गरेको प्रकरण । कहिले कर्जाको इन्स्योरेन्स नगर्दा अदालतले १ करोड क्षतिपूर्ति तिराएको प्रकरण त कहिले ग्राहकको रकम चोरेर मेनेजर नै भागेको प्रकरण । हरेक हप्ताजस्तो अनेक खालका प्रकरण घटिरहने नेपालको पहिलो बैंक नेपाल बैंकले पछिल्लो समय प्रचलित कानुनविपरित ग्राहकसँग ‘गैरकानुनी’ रकम असुल गरेको पाइएको छ । नेपाली पूँजीबजारको नियामक नेपाल धितोपत्र बोर्डले सि-आश्वाका नाममा बढीमा ५ रुपैयाँ लिन पाउनेगरी गरेको व्यवस्थाको धज्जी उडाउँदै, नेपाल बैंकले १० रुपैयाँ अर्थात दोब्बर शुल्क लिने गरेको पाइएको छ । बोर्डले निर्देशन दिएपछि पनि बैंकले निरन्तर सि-आश्वाका नाममा दोब्बर शुल्क लिएर ग्राहकमाथि ‘लुट’ मच्चाईरहेको प्रमाण अर्थ सरोकारले फेला पारेको छ ।
नेपाल बैंक लिमिटेडले धितोपत्र बोर्डको उर्दीविपरित गैरकानुनी शुल्क लिएको भन्दै अर्थ सरोकारको सम्पर्कमा आएका नेपाल बैंकका ग्राहकले बैंकले दोब्बर आश्वा शुल्क लिएर जनतामाथि लुट मच्चाईरहेको आरोप लगाएका हुन् । ती ग्राहकले अर्थ सरोकारलाई दिएको प्रमाणअनुसार नेपाल बैंकले सीआश्वाका नाममा १० रुपैयाँ काटेको छ । जवकि बोर्डले भाद्र ७ गते देखि नै लागु हुनेगरी सीआश्वा शुल्क बढीमा ५ रुपैयाँमात्र लिन पाइने व्यवस्था गरेको थियो । कतिपय बैंकहरुले ढिलो सूचना आउँदा बढी शुल्क काटिएको भन्दै ग्राहकमाथि गरिएको अवैध असुली फिर्तासमेत गरेका छन् । तर नेपाल बैंक लिमिटेडले भने ग्राहकसँग लिएको अवैध रकम फिर्तासमेत नगरेको ग्राहकको गुनासो छ ।
सीइओ अधिकारीको सफेद झुट !
ग्राहकको गुनासोपछि हामीले बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीलाई फोन गर्यौं । सुरुमा उनले आफुलाई बैंकले सि-आश्वावापत कति शुल्क लिइएको छ भन्ने विषयमा थाहा नभएको बताए । ‘एक पटक त फ्री नै गरेका थियौं । अहिले के छ, थाहा छैन।’ उनको जवाफ थियो । हामीले नेपाल बैंक लिमिटेडले नियमविपरित शुल्क असुलेको, र असुल गरेको रकम फिर्तासमेत नभएको प्रमाणबारे उनलाई जानकारी गराएपछि उनले केहि समयभित्रै जानकारी लिएर खबर गर्ने बताए ।
उनी पछि हाम्रो सम्पर्कमा त आए, तर उनले हाकाहाकी झुट बोले । उनको दाबी थियो- ‘बोर्डको निर्देशनपछि भाद्र ८ गतेदेखि नै आश्वा शुल्क ५ रुपैयाँ लिने गरिएको छ ।’ तर नेपाल बैंकका ग्राहकले अर्थ सरोकारलाई पठाएको प्रमाणले स्पष्ट भन्छ- ‘भाद्र ८ गते बेलुकीसम्म आश्वा शुल्कका नाममा बैंकले १० रुपैयाँ अर्थात तोकिएको शुल्कभन्दा दोब्बर रकम लिईरहेको छ ।’

अवैध रकम असुल गरेको बैंकले ग्राहकलाई सो रकम फिर्ता कहिले दिन्छ वा दिंदैन भन्ने विषयमा भने सीइओ अधिकारी बोलेनन् । ‘८ गतेदेखि नै आश्वा शुल्क ५ रुपैयाँ लिएको भन्ने जानकारी पाएको छु । थप अपडेट छैन।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने ।

पछिल्लो समय नेपाल बैंक हप्तेपिच्छे आउने विभिन्न खालका प्रकरणका कारण विवादित छ । बैंकको सीडि रेसियोसमेत तोकिएको मापदण्ड विपरित भएको भन्दै नियामक नेपाल राष्ट्र बैंकले बैंकलाई कारवाही गर्ने तयारी गरिरहेको बुझिएको छ ।
‘बैंकले न राष्ट्र बैंकलाई टेर्ने गरेको देखियो, न धितोपत्र बोर्डलाई । यसले बैंक कतिसम्म मनपरी रुपमा चलिरहेको छ भन्ने पनि पुष्टी हुन्छ ।’ आफुलाई नेपाल बैंकले ठगेको बताउने ग्राहक भन्छन्- ‘नेपालको पहिलो बैंकको छवि यसरी बिग्रिएको कहिले पनि थाहा थिएन ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: