×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

Good News : ‘ठगी’को बात लागेपछि नेपाल बैंकद्वारा सी-आश्वा शुल्क खारेज, अवैध रुपमा असुलेको रकम पनि फिर्ता गर्ने 

BIZBAZAR

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको निर्देशनविपरित आश्वा शुल्कवापत तोकिएको भन्दा दोब्बर शुल्क लिईरहेको नेपाल बैंक लिमिटेडले सि-आश्वा शुल्क खारेज गरेको छ । बैंकले एक बिज्ञप्ति जारी गर्दै अव सिआश्वा शुल्क नलिने बताएको हो ।

‘अवदेखि सम्पूर्ण ग्राहकहरुले नेपाल बैंकबाट निःशुल्क रुपमा आइपीओ भर्न सक्नेछन् ।’ नेपाल बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

हाल नेपाल धितोपत्र बोर्डले धितोपत्र खरिद सम्बन्धि सुबिधा उपलब्ध गराए बापत बैंक तथा वित्तीय संस्थाले बढिमा पाँच रुपैयाँ सेवा शुल्क लिन पाउने व्यवस्थाछ । तर बैंकले १० रुपैयाँ लिएर ग्राहक ठग्दै आएको थियो।

यता बैंकले अवैध रुपमा असुल गरेको रकम पनि फिर्ता गर्ने भएको छ । नेपाल बैंकले अवैध रुपमा रकम असुल गरेको खबर अर्थ सरोकारले निरन्तर प्रकाशन गरेपछि अन्तत: बैंक सीआश्वा शुल्क पनि नि:शुल्क गर्ने र अवैध रुपमा असुल गरेको रकम पनि फिर्ता गर्ने निर्णयमा पुगेको हो ।  बैंकले अवैध रुपमा रकम असुलेको खबर अर्थ सरोकारले सोमबार स-प्रमाण प्रकाशन गरेको थियो  ।

‘अर्थ सरोकारले समाचार प्रकाशन गरेपछि बैंकले सीआश्वा शुल्क नै खारेज गर्ने निर्णय गरको छ । बैंक चौतर्फी विवादमा परिरहेका बेला सी-आश्वा शुल्क गैरकानुनी रुपमा उठाउँदा थप विवाद हुने देखिएपछि आजैबाट लागु हुनेगरी सि-आश्वा शुल्क खारेज भएको छ ।’ नेपाल बैंक स्रोतले अर्थ सरोकारसँग भन्यो ।

Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal